पर्यटकको संख्यामा वृद्धि ल्याउन बेलडाँडी क्षेत्रबाट समेत शुक्लाफाँटा घुम्न मिल्ने

155
VIEWS

बेलडाँडी,
पर्यटकको संख्यामा वृद्धि ल्याउन बेलडाँडी क्षेत्रबाट समेत शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गराउने कार्य अन्तिम चरणमा पुगेको छ ।

 

गाउँपालिकाको पहल र अन्य पालिका संघ-संस्थाको सहयोगमा बेलडाँडी क्षेत्रबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमणका लागि कार्य अघिबढेको बेलडाँडी गाउँपालिका अध्यक्ष हरिश्चन्द्र रानाले जानकारी गराउनु भयो ।

उहाँका अनुसार वन्यजन्तुदेखि सीमसार क्षेत्रसम्मको जैविक विविधताले भरिपूर्ण कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बेलडाँडी क्षेत्रबाट समेत पर्यटकको गन्तव्य बन्ने कार्य अघि बढेको बताए । पर्यटकको संख्यामा वृद्धि ल्याउन अव बेलडाँडी क्षेत्रबाट समेत शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गराइने भएको छ ।

यस्तै बेलडाँडीका निर्माण व्यवसायी मदन खत्रीले भने “शुक्लाफाँटा भित्रको विविधता राष्ट्रिय-अन्तराष्ट्रिय स्तरमा चिनाउन सबै पक्ष सकृय हुन जरुरी भएको बताए।” थोरै क्षेत्रफलमा धेरै पाटेबाघ, विश्वमै दुर्लभ बाह्रसिङ्गाको विशाल झुण्ड, दुर्लभ एकसिङ्गे गैँडा र हात्तीको लस्करका साथै ३०० भन्दा बढी प्रजातिका चराचुरुङ्गीको वासस्थान रहेको शुक्लाफाँटा बेलडाँडी संगै जोडिएको छ ।

अर्का बेलडाँडीका युवा व्यवसायी सन्देश पाण्डेयका अनुसार बेलडाँडी गाउँपालिका संगै जोडिएको ऐतिहासिक कालिकिच तालमा समेत विभिन्न प्रजातिका चराचुरुङ्गी, अजिङ्गर, गोही लगायतका बन्यजन्तु यहाँका मनमोहन दृश्य रहेको बताउदै सबै पक्षबाट प्रचारप्रसारमा जोड दिनुपर्ने बताए । उहाँका अनुसार शुक्लाफाँटा निकुञ्जभित्र र बेलडाँडी संगै जोडीएको राधापुर घाँसे मैदानमा दुर्लभ बाह्रसिङ्गेको झुण्ड यहाँको मुख्य आकर्षक बन्ने बताए ।

 

चौधर नदीमा निर्माणाधीन पक्की पुल बने हुलाकी सडक हुदै भारतको पलिया क्षेत्र हुदै यहाँ पर्यटकको आवागमन बढ्ने आशा गरिएको छ ।

विसं २०३१ मा स्थापना भएको निकुञ्जको सुरक्षाका लागि नेपाली सेना खटिएको छ । सेनाले पनि वन्यजन्तु संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार