प्रधानमन्त्री दाहालको कार्यक्रमस्थलमा विरोध गर्ने १३ जना पक्राउ

16
VIEWS

कञ्चनपुर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को कार्यक्रमस्थल नजिकै बिरोधका नारा बाजी गर्ने महेन्द्रनगर बसपार्क नजिकै जनयुद्ध दिवस मनाइरहेका नेकपा बहुमत र नेकपा क्रान्तिकारी माओवादीका १३ जना नेता कार्यकर्तालाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ ।नेकपा बहुमतका केन्द्रीय सल्लाहकार सदस्य डम्बर बहादुर बिष्टसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

यस्तै, बहुमतका कञ्चनपुर जिल्ला ईन्चार्ज अर्जुन दयाल, डम्बर बिष्ट, बहादुर महरा, विद्यार्थी उपाध्यक्ष विरेन्द्र शाह, संयोजक नक्साल, दिपेन्द्र ऐरी, सुरेन्द्र धानुक, बिरेन्द्र नाथ र रमेश नाथलाई प्रहरीले समातेको हो।पक्राउ पर्नेमा नेकपा क्रान्तिकारी माओवादीका प्रमोद सुवेदी, हरि सुवेदी र पुष्कर जोशी पनि रहेका छन्।

बसपार्क नजिक जनयुद्ध दिवसको कार्यक्रम मनाइरहँदा प्रहरीले आफूहरुलाई नियन्त्रणमा लिएको नेकपा बहुमतका जिल्ला सचिवालय सदस्य दिपेन्द्र ऐरीले बताएका छन।‘कार्यक्रम सकेर अबिर लगाइरहेका थियौँ, प्रहरीले धरपकड गरेको छ,’ उनले भने। प्रधानमन्त्री दाहाल बसपार्कको बाटो भएर दोधारा चाँदनी सुख्खा बन्दरगाहको निरीक्षणका लागि गएका छन्। प्रहरीले समातेपछि उनीहरुले ‘वीर सहिदहरु लाल सलाम, प्रहरी हस्तक्षेप बन्द गर’ भन्दै नारा लगाएका थिए।

बसपार्क नजिकै रहेको खुलामञ्चमा हुने १४ औँ सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। दोधारा चाँदनीबाट प्रधानमन्त्री दाहाल सोही रुट भएर फर्किने छन्।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार