जनयुद्ध दिवस तथा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयको स्वागतमा बेलडाँडीमा दिप प्रज्वलन

42
VIEWS

बेलडाँडी,
जनयुद्ध दिवस तथा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयको स्वागतमा बेलडाँडीमा दिप प्रज्वलन गरिएको छ ।

नेकपा माओबादी केन्द्र बेलडाँडी गाउँ कमिटीले २८ औं जनयुद्ध दिवस तथा गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो शहीद दशरथचन्द राष्ट्रिय विश्वविद्यालयका रुपमा विकास गर्ने गरी सरकारले गरेको निर्णयलाई स्वागत गर्दै दिप प्रज्वलन गरेको नेकपा माओबादी केन्द्र बेलडाँडी गाउँ कमिटी अध्यक्ष डम्मर शाहले जानकारी गराउनु भयो ।

उहाँका अनुसार अाज जनयुद्ध दिवसका दिन सरकारले कैलालीको गेटा मेडिकल कलेजलाई ‘सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयको स्वागतमा नेकपा माओवादी केन्द्र बेलडाँडीले चवन्नी वजारमा दिप प्रज्वलन गरेको बताए ।

जनयुद्धका समयमा राखिएका मागहरु अझै पनि सवै पुरा भैनसकेकोले प्राप्त उपलब्धीलाई रक्षा गर्दै बाँकी माग पुरा गर्नतर्फ सबै एकजुट हुनुपर्ने बताउदै शहिद, बेपत्ता, घाईते, अपाङ्ग र तिनिहरुका परिवारले देखेका सपना पुरा गर्नका लागि अझै पनि संघर्ष गर्न आवश्यक रहेको अध्यक्ष शाहले बताउनु भयो ।

सुदूरपश्चिम र सिँगो नेपालकै लागि निकै ठूलो गर्व र खुसीको कुरा हो । नेपालमा आजसम्म पनि स्वास्थ्यविज्ञान विश्वविद्यालय नभएको अवस्थामा यो विश्वविद्यालयले दक्ष चिकित्सक, विशेषज्ञ चिकित्सा सेवा र विशिष्टिकृत चिकित्सकीय र जनस्वास्थ्यसँग सम्बन्धित अनुसन्धानको कमी पुरा गर्ने विश्वास लिएको छ ।

कार्यक्रममा नेकपा माओबादी केन्द्रका प्रदेश कमिटीका नेता, जिल्ला कमिटी नेता लगायत गाउँकमिटी स्तरका नेता कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको थियो । दिप प्रज्वलन कार्यक्रममा बोल्ने बक्ताहरुले माओबादीले सुरु गरेको जनयुद्धकै बलमा देशमा नयाँ संविधान आएको र जनयुद्धका समयमा उठाएका केही एजेण्डालाई स्थापित गर्न सफल भएको उल्लेख गरेका थिए ।

लोकतान्त्रीक गणतन्त्रात्मक शासन ब्यबस्था, धर्म निरपेक्षता, समानुपातिक प्रतिनिधित्व, संघियता लगायत जनयुद्धकै उपलब्धी रहेको बक्ताहरुको भनाई रहेको थियो ।

दशौं हजारको बलिदानले प्राप्त उपलब्धीलाईनै खतरामा पर्ने गरी देशी विदेशी शक्तीहरुको चलखेल हुनेगरेको र मुलुकको स्वाधिनता रक्षा गर्नका लागि माओबादीकै मुख्य जीम्मेवारी रहेको पनि नेताहरुले उल्लेख गरेका थिए ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार