भोलिदेखि बेलडाँडीमा अध्यक्ष रनिङ्ग कप अायोजना हुदै

197
VIEWS

बेलडाँडी,
कञ्चनपुरको बेलडाँडीमा गाँउपालिका अध्यक्ष रनिङ्ग प्रतियोगिता हुने भएको छ ।

भोलि शुक्रबारदेखि बेलडाँडी गाँउपालिका २रौलेश्वर माध्यामिक विद्यालयको पाङगणमा गाँउपालिका अध्यक्ष रनिङ्ग खेलकुद प्रतियोगिता हुने भएको हो ।

एन प्याब्सन बेलडाँडी यूनियनको आयोजनाका गाँउपालिका अध्यक्ष रनिङ्ग प्रतियोगिता(कप) हुने भएको छ ।

नेशनल प्याब्सन बेलडाँडीका सल्लाहकार हर्कराज जोशीले विद्यार्थीलाई पढाईका अतिरिक्त खेलकुद विकासका लागि प्रतियोगिता हुन लागेको बताए ।

 

प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भईसकेको आयोजकले जनाएको छ । एन प्याब्सन बेलडाँडी यूनियनका संयोजक गोरख बहादुर चन्दको नेतृत्वमा प्रतियोगितमा एथलेटिक सहित भलिबल,ब्याडमिन्टन लगायतका प्रतियोगिता हुने छन ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार