लालझाडी,
कञ्चनपुर जिल्लाको पुर्वि दक्षिणी भेगमा पर्ने लालझाडी गाँउपालिका बिकासको क्षेत्रमा धेरै पछाडि पारिएको क्षेत्र हो । स्थानिय तह घोषणा नहुँदा सम्म यो क्षेत्र धेरैनै पडाडि पारिएको र हेपिएको क्षेत्र हो ।
स्थानिय तह भइ सके पछि धेरै जनताले विकासको आसा गरे पनि अघिल्ला ५ बर्षमा खासै विकास हुन सकेन । नयाँ जनप्रतिनिधी आए पछि काम पनि बिस्तारै हुदैं गएको छ । साबिकका ३ वटा गाबिस मिलेर बनेको लालझाडी गाँउपालिका क्षेत्रफलमा १५४.६५ वर्ग किमीमा फैलिएको छ ।
६ वटा वडा रहेको यो गाउँपालिकामा बिकासको प्रशस्त सम्भावना रहेको छ । निर्मल रानाको नेतृत्वमा नयाँ जनप्रतिनिधी आए पछि जनतामा बिकासको लहर आउने आसा पलाएको छ । अध्यक्ष रानाले जिम्मेवारी सम्हाले पछि स्थानीय खुशी बन्दै गएका छन् ।
गाँउपालिकाले यो बर्ष स्थानिय पूर्वाधार, शिक्षा,स्वास्थ,खानेपानी,सरसफाइ,गुणस्तरिय सेवा प्रवाह र शासकीय सुधार कृष्,ि लघु तथा घरेलु उद्योगको क्षेत्रलाई प्राथमिकतामा राखेर कार्य गर्न थालेको छ ।
लालझाडी गाउँपालिकाले यो आर्थिक बर्ष पढ्दै कमाउदै भन्ने युवा लक्षित नयाँ कार्यक्रम ल्याएको छ । यस्तै सामाजिक सदभाव धार्मिक सहिष्णुता कायम गर्ने आर्थिक कृयाकलाप बिस्तार गर्ने ,आय र उत्पादकत्व वृद्धि गर्ने , अबसरको र्सिजना ,क्षमता अभिवद्धि ,गुणस्तरिय सामाजिक सेवा उपलब्ध गराउने जस्ता उदेश्यका साथ अघि बढेको छ ।
बिकास निर्माणमा पनि सडक निर्माण जस्ता पुर्वाधार बिकास योजना हरु धेरै सञ्चालन भएर केही सम्पन्न भए पनि केही हुने क्रममा रहेका छन । गाँउपालिका भित्र बिभिन्न योजनाहरु सञ्चालनमा रहेका छन् । जस मध्ये दोदामा तटवन्धन, वल्र्ड बैंकको सहयोगमा यसै बर्ष चानदेव देखि कञ्ज सम्म ८ किलोमिटर कालोपत्रे, हुलाकी सडक संग जोड्न १० किलोमिटर क्रमाङ्गत, सुत्केरीलाई एम्वुलेन्स सेवा निशुल्क, प्राविधिक विद्यालय सञ्चालनका लागि कार्यदल गठन, सबैवडामा बर्थिङ सेन्टर सञ्चालन, उमेरको हदवन्दी लागेका महिला स्वास्थ्य स्वयमसेवीकाहरुलाई ५१ हजार सम्मान स्वरुप प्रदान गर्ने कार्य, सैनिक श्रीमती संघसंगको समन्वयमा पालिका भरीका जेष्ठ नागरिक र टुहुरा बालबलिकाहरुलाई न्यानो कम्वल वितरण, सडक स्तरोन्नतीको काम ठेक्का मार्फत सञ्चालन भईरहेको लालझाडी गाँउपालिका अध्यक्ष निर्मल रानाले बताउनु भयो ।
उहाँका अनुसार आफु जनताको काम गर्न आएको र जनताको हित हुने कार्य आफुले गरिरहेको बताए । आफु जनताको प्रतिनिधी चुनिसकेपछि आफुले निश्पक्ष काम गरिहेको जनाए ।
Discussion about this post