काठमाडौं,
नेकपा एमाले निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् ।
आज बिहान सम्पन्न मतगणनाको परिणामअनुसार निकटम प्रतिद्वन्द्वी आरसी लामिछानेलाई पराजित गर्दै बडाल अध्यक्षमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत कुमारप्रसाद खकुरेलले जानकारी गराउनु भयो ।
बडालले नौ सय ६२ र लामिछानेले तीन सय ५६ मत प्राप्त गरे । यसैगरी उपाध्यक्षमा गोविन्द गिरीले ७६३ मत, नारायण घर्तीले ७५१ मत, मर्यादा विष्टले ६७५ र धर्म गिरीले ५०१ मत पाएर निर्वाचित भएका छन् । महासचिवमा नरेश रोकायाले सात सय ३३ मत प्राप्त गरी विजय भए ।
यस्तै सचिवमा सञ्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले तथा कोषाध्यक्षमा सङ्गम अर्याल निर्वाचित भएका छन् ।
अधिकृत खकुरेलका अनुसार मतदानमा ४२ विद्युतीय मेसिनको प्रयोग गरिएको थियो । निर्वाचनबाट आगामी दुई वर्षका लागि १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) मा १५ जनाको दरले पदाधिकारी निर्वाचित भएका छन् । महाविधेशनमा एक हजार पाँच सय ८८ प्रतिनिधि सहभागी थिए ।
Discussion about this post