सर्वसाधारणले जेलमै बस्नुपर्ने’‘पदमा भएकाले माफी पाउने,

 कैलाली: ट्याक्टर जलाएको घटनामा अदालतले दोषी ठहर गरेका चौधरीलाई असल चालचलनका आधारमा राष्ट्रपति विद्या देवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा रिहामुक्त गर्ने निर्णय बमोजिम कैद माफ गरिएको हो ।
‘पदमा भएकाले माफी पाउने, सर्वसाधारणले जेलमै बस्नुपर्ने’
शेरबहादुर ऐर

धनगढी । नागरिक उन्मुक्तिबाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी आईतबार कैलाली कारागारबाट रिहामुक्त भए । ट्याक्टर जलाएको घटनामा अदालतले दोषी ठहर गरेका चौधरीलाई असल चालचलनका आधारमा राष्ट्रपति विद्या देवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा रिहामुक्त गर्ने निर्णय बमोजिम कैद माफ गरिएको हो ।

सोही मुद्दामा थुनामा रहेका विरबहादुर चौधरी र परशुराम चौधरी भने रिहा भएनन् । संसद भएकै कारण अरुणलाई माफी दिइएको सन्देश सो घटनाले र्दशायको छ । २०६६ भदौ ३ मा ट्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित ३ जनाविरुद्ध जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । ६ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई प्रहरीले माघ १९ गते बाँकेबाट पक्राउ गरेको थियो ।

दसैँ, नयाँ वर्ष, लोकतन्त्र अनि गणतन्त्र दिवस जस्तो अवसरमा अपराध पुष्टि भएर कैद सजाय भोगिरहेका कैदीहरूमध्ये निश्चित सर्त पालना गरेकाहरूको बाँकी कैद मिनाहा गर्न सक्ने कानुनी अधिकार सरकारलाई छ । यस पटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई नागरिक उन्मुक्तिले दिएको समर्थन कायम गराउने स्वार्थमा आगजनीका दोषीको कैद माफ गराए ।

‘दिवसको अवसरमा कैद भोगिरहेका व्यक्तिलाई असल चाल चलनका आधारमा माफी दिनु सरकारको यो नियमित प्रक्रियानै हो’ नेपाल बार एशोसियसन कैलालीका अध्यक्ष शिद्धराज ओझाले भने –‘तर, सोही मुद्दामा पक्राउ परेका अन्य व्यक्तिको कैद माफ नहुनुले सरकारप्रति नाकारात्मक सन्देश प्रवाह परेको छ ।

उनले कैदमाफ गराउन पनि पदमै जानुपर्ने गलत सन्देश यो प्रवृतिले पठाएको बताए । उनले भने –‘एकै प्रवृति र एउटै मुद्दामा एउटाले माफी मिनाहा गर्नु र अरुले चाही कारागारमै बस्नु पर्ने न्यायसंगत देखिएन् ।’ उनले सरकारको यो निर्णय त्यति ठुलो विवादित नभएपनि जनतामा न्याय पाउन पनि पदमा पुग्नुपर्ने सन्देश प्रवाह गरेको बताए ।

थारु कल्याणकारिणी सभाका कार्यवाहक सभापति माधव चौधरीले सांसद अरुण चौधरीलाई हिरासतमुक्त बनाउनुलाई सरकारको राम्रो पक्ष भएपनि अन्य दुई जनाको पक्षमा सरकारले केही निर्णय नगरेको प्रति खेद प्रकट गरे । उनले सांसद नभएकै कारण दुई जनाको बारेमा सरकारले फाइल अघि नबढाउनुमा पहुँचका आधारमा कार्य भएको देखिएको बताए ।

‘नेपालको कानुन दैवले जानुन भनेझै समस्या के भयो भने ठुलाबडाकोमात्र कानुन हुने देखियो’ उनले भने –‘त्यही मुद्दामा भएको अन्य सोझा साझा ल भने कैलैलेनी माफी पाएनन्अरुण संसद भएकै कारण माफी दिइयो । यदि माफी गर्नुनै थियो भने तीनै जनालाई गर्नु उचित हुन्थ्यो । उनले नागरिक उन्मुक्ति पार्टी सत्तापक्षमा रहेकाले अरुणलाई माफी गराई रिहामुक्त गराउनु स्वभाविक देखिएको बताए ।

पत्रकार एकिन्द्र तिमिल्सेनाले राजनीतिमा लागेकालाई सरकारले दोषी ठहर भएका अरुणलाई माफी अन्यका विषयमा नबोल्दा गलत नजिर स्थापना भएको बताए । उनले गल्ति अनुसारको सजाय हुनुपर्ने बताए । थुनामा रहेका बिर र परशुराम प्रतिनिधि सभा सदस्य अरुणका नातेदार हुन् । आठ लाख जरिवाना बुझाएका अरुणलाई कारागारबाट बाहिर ल्याउन नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ स्वयम पुगेकी थिइन् । तर, अध्यक्ष श्रेष्ठले पनि सोही अपराधमा पक्राउ परेका दुई जनाबारे कुनै प्रतिक्रिया दिइनन् ।

रिहामुक्तका क्रममा अरुणले पनि सो बारेमा कुनै प्रतिक्रिया दिएनन् । सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले भने– ‘१८ दिनको कारागार बसाइले धेरै कुरा सिकाएको छ । हामीले कानुनमा धेरै कुरा परिमार्जन र संशोधन गर्नुपर्नेछ । जब २०७० सालमा कैलाली जिल्ला अदालतले फैसला गरिसकेको थियो भने त्यतिखेरै जानकारी पाउनुपथ्र्यो । तीन पटक चुनाव लडिसकेको छु । त्यतिखेरको अवस्थामा पनि म सफाइको लागि दावी पेस गर्न सक्थें । उच्च अदालतमा पनि जान सक्थें । मैले त्यो मौका नै पाइनँ । जानकारी नै पाइनँ ।’

नागरिक उन्मुक्तिका अरुण चौधरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित