बेलडाँडी,
बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाको अथक प्रयास पश्च्यात भोली औपचारिकरुपमा बेलडाँडी क्षेत्रदेखि शुक्लाफाँटा निकुञ्ज प्रवेश रुट मुख्यमन्त्री शाहद्धारा उदघाटन गरिने भएको छ ।
पालिका अध्यक्ष रानाले बेलडाँडी क्षेत्रलाई पयर्टन पर्वद्धन क्षेत्रका रुपमा विकास हो भन्ने उदेश्यका साथ बेलडाँडी क्षेत्रबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश रुट भोली बुधवार संचालनमा ल्याउने बताएका छन् । सुदूरपश्चि सरकारका मुख्यमन्त्री कमल शाहबाट भोली विहान १० बजे औपचारिक रुपमा रुट संचालनमा ल्याइने अध्यक्ष रानाले बताउनु भयो ।
उहाँका अनुसार बेलडाँडी क्षेत्रबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश रुट संचालनमा ल्याउन धेरै चुनौती रहेको बताउदै सबै पक्षबाट मिलेको हौसला र सहयोगले यहाँ सम्म पुगेको बताए । चौधर नदीमा पुक्की पुलको समेत ठेक्का सम्झौता भइसकेकाले पुल बनुन्जेल सम्म अस्थायीरुपमा काठको पुल निर्माण गरेर निुकञ्ज प्रवेसका लागि रुट संचालनमा ल्याउन थालेको जनाए । पुल निर्माण र रुट संञ्चालनमा ल्याउन बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, लालझाडी गाउँपालिका लगायत विभिन्न संघसंस्थाको सहयोग समेत रहेको बताए ।
निकुञ्ज अवलोकनका लागि हाल भीमदत्त नगरपालिका १६ मझगाँउ बाट मात्रै रुट रहेको र अहिले बेलडाँडीदेखि समेत रुट बनिसकेको छ । यस अघि ०७५साल माघ पहिलो साता वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेत र पुर्व खानेपानीमन्त्री एव तत्तकालिन क्षेत्र १की संसद बिना मगरले बेलडाँडीदेखि निकुञ्ज प्रवेसका लागिद्वारा शिलान्यास गरेका थिए ।
स्थानीयको माग अनुरुप निकुञ्ज विभागले बेलडाँडी भएर रुट संचालनका लागि अनुमती दिएको थियो ।
बेलडाँडीका स्थानीय समेत रहेका तत्तकालिन उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री बर्षमान पुन(अनन्त)का प्रेस सल्लाहकार रोशन खडका, कालिकिच उपभोक्ता समितिका अध्यक्ष भीम बहादुर थापा सहितका सरोकारवालाले बेलडाँडीदेखि निकुञ्ज प्रवेसका लागि रुट संचालनको पहल गर्दै आएका थिए ।
बेलडाँडीदेखि रुट निर्माण भएर प्रशासनिक रुपमा निकुञ्ज प्रवेसका लागि कामकाज अघि बढेसंगै दक्षिणी क्षेत्र मात्र नभई भारतीयदेखि अन्य क्षेत्रका पर्यटकलाई थप सहज हुनेदेखिन्छ । धनगढी विमानस्थलबाट दक्षिणी हुलाकी राजमार्ग भएर झण्डै ६५किलोमिटर दुरीमा रहेको बेलडाँडीदेखि निकुञ्ज छोटो दुरीमा रहेको हुँदा दक्षिणी प्रवेसद्वारबाट समेत पर्यटकको आवतजावत हुने छ ।
थोरै क्षेत्रफलमा धेरै पाटेबाघ, विश्वमै दुर्लभ बाह्रसिङ्गाको विशाल झुण्ड, दुर्लभ एकसिङ्गे गैँडा, हात्तीको लस्करका साथै ३०० भन्दा बढी प्रजातिका चराचुरुङ्गीको वासस्थान रहेको शुक्लाफाँटा बेलडाँडी संगै जोडिएको छ । बेलडाँडीदेखि निकुञ्ज प्रवेसका लागि रुट संचालनमा आएसंगै यस क्षेत्रको पर्यापर्यटनमा समेत प्रर्बद्धन हुने देखिन्छ ।























Discussion about this post