सरुवा गरेका २ जना वडा सचिवले टेरेनन् प्रमुख प्रशासकीय अधिकृत विकलाई

51
VIEWS

कञ्चनपुर,

कञ्चनपुरको बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विकले सरुवा गरी पालिकाकै अन्य वडामा पठाएका २ जना वडा सचिवहरू अझैसम्म पनि खटाएको ठाउँमा हाजिर भएका छैनन् ।

 

बेलौरी नगरपालिका कार्यालयको २०७९ पौष ७ गतेको चलानी नम्बर १२९५ र १२९७ को निर्णय अनुसार बेलौरी नगरपालिका वडा नम्बर २ का वडा सचिव श्याम कुमार रानालाई बेलौरी नगरपालिका वडा नम्बर ८ मा र वडा नम्बर ८ का वडा सचिव सन्जिव चौधरीलाई वडा नम्बर २ मा अर्को व्यवस्था नभएसम्मका लागि कामकाज गर्न खटाइएको प्रमुख प्रशासकीय अधिकृत विकद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

 

वडा सचिवद्वय राना र चौधरीले खटाइएको वडामा जान अटेरी गर्दा समेत प्रमुख प्रशासकीय अधिकृत विक मौन देखिन्छन् । दुवै जना वडा सचिवहरू हाल साबिककै वडामा काम गरिरहेका छ्न् । तर उनीहरूलाई साबिककै वडामा काम गर्न नगरपालिकाले अर्को पत्र पठाएको भने देखिदैन । यस विषयमा सोधपुछ गर्दा प्रमुख प्रशासकीय अधिकृत विकले कुनै प्रतिक्रिया दिन मानेनन् ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार