भ्रष्टाचार मुक्त समाज बनाउन बेलडाँडी २ राप्रपाबाट अध्यक्षको उम्मेदवारी दिएको हुँ ः गम्भिर सिह बोहरा

बेलडाँडी,
आसन्न ३० गते हुने स्थानीय तहको निर्वाचनमा बेलडाँडी गाउँपालिका वडा नं.२ राप्रपाबाट गम्भिर सिह बोहराले वडाको विकास र भ्रष्टचार विरुद्ध आफ्नो उम्मेदवारी रहेको जनाएका छन् ।

बेलडाँडी भित्र हुने भ्रष्टचार, बेथिति र आम सर्वसाधारण नागरिकहरुले पाउने सास्तीका विरुद्धमा आवाज उठाउनका लागि उम्मेदावारी दिइएको बोहराले बताउनु भयो । उहाँका अनुसार हामीले सबै वडा र टोलटोलमा छलफल गरि १ नं.मा भ्रष्टचार कसरी रोक्न सकिन्छ भन्ने विषमा नै केन्द्रित हुने जनाए । भ्रष्टचार मात्र रोक्न सक्यो भने आफै विकास हुने जनाउदै बोहराले भने मलाई वडा अध्यक्षमा जिताए भने वडाको शिक्षा, कृषि, र युवा स्वरोजगारका कार्यक्रम ल्याउने बताउनु भयो । जंगली जनावरका कारण बेलडाँडी बासीले भोग्नु परेको समस्या, सिमसार, किसानले उत्पादन गरेको बाली व्यवस्थापन गर्न आफुले बेलडाँडीमा चिस्यान व्यवस्थापन गर्ने बताए ।

अहिलेका युवा कलत तिर फस्न लागेकालाई नयाँ ढंगले उनीहरुको मानसिकरुपमै परिवर्तन हुने कार्यक्रम सञ्चालन गर्ने जनए । सरकारबाट प्रदान गरिने कुनै पनि सेवासुविधान सिमेत नलिने बताउनु भयो । हाम्रो वडा हामी वडावासी अर्थात भ्रष्टचार विरुद्धको अभियानबाट प्रभावित हुनेहरुलाई हलो चिन्हमा मतदान गर्न उनले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित