‘स्ववियू निर्वाचनमार्फत आफ्नो प्रतिनिधि छान्ने विद्यार्थीको अधिकार बञ्चित नगरियोस् : अनेरास्ववियु कञ्चनपुर अध्यक्ष रोकाया

कञ्चनपुर,
चैत्र ५ गते हुने ‘स्ववियू निर्वाचनमार्फत आफ्नो प्रतिनिधि छान्ने विद्यार्थीको अधिकार कुनै पक्षबाट पनि बञ्चित नगरिनु पर्ने अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोकायाले बताएका छन् ।

अाज महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष रोकायाले सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरुले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भाड्ने नियतकासाथ कञ्चनपुरका आठ क्यम्पसहरुमा गरिएको तालाबन्दी नखोलिए त्यसको प्रतिकारमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) उत्रिने चेतावनी दिएका छन् ।

स्ववियु निर्वाचन हुने १६ वटा क्याम्पस मध्ये आठ क्याम्पसमा सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरुले ताला लगाएर निर्वाचन भाँड्न खोजेको आरोप लगाएका छन् ।

 

सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरु हारको मानसिकताले यस्तो अवस्थामा पुगेको रोकायाले बताए । जिल्लाका ८ वटा क्याम्पसमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी केन्द्रको अनेरास्ववियु (क्रान्तिकारी) र एकीकृत समाजवादी निकट अनेरास्ववियुले तालाबन्दी गरेको बताए ।

 

‘स्ववियू निर्वाचनमार्फत आफ्नो प्रतिनिधि छान्ने विद्यार्थीको अधिकार बञ्चित नगरियोस्,’ पत्रकार सम्मेलनपछि जारी प्रेस विज्ञप्तीमा उल्लेख छ, ‘सत्तापक्षीय गठबन्धनका विद्यार्थी संघ, संगठनहरु पराजयको डरले तालाबन्दीमा उत्रेका हुन् ।’

अनेरास्ववियु कञ्चनपुरले तत्काल ताला खोलेर निर्वाचन हुन दिने माहोल सृजन गर्न आग्रह गरेको छ । यस्ता गतविधि नरोकिए अनेरास्ववियु प्रतिकारमा उत्रिने र त्यसको जिम्मा सम्बन्धित विद्यार्थी संगठन र स्थानीय प्रशासनले लिनुपर्ने चेतावनी दिईएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तरगत र संस्कृत विश्वविद्यालय अन्तरगतका क्याम्पसहरुमा चैत ५ मा स्ववियु चुनावको मिति तोकिएको छ । सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतका क्याम्पसमा चैत ८ मा निर्वाचन हुँदैछ । अधिकांस क्याम्पसहरुमा तालाबन्दीका कारण निर्वाचन नै प्रभावित हुने अवस्था छ ।

अनेरास्ववियूले जिल्लाका १६ वटै क्याम्पसमा उम्मेदवारी दिएको जनाएको छ । यस्तै पत्रकार सम्मेलनमा बोल्दै एमालेका केन्द्रीय सदस्य तथा एमाले कञ्चनपुरका सह–ईन्चार्ज नरबहादुर धामीले विद्यार्थीहरुलाई निर्वाचन गर्न नदिनु दुखद् भएको बताए ।

उनले भने,‘पञ्चायतकालमा समेत क्याम्पसहरुमा विद्यार्थीहरुको निर्वाचन भएको ईतिहाँस छ,  प्रसाशनले तत्काल यसको समाधान निकाल्नपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित