महेन्द्रनगर पोष्टका सम्पादक धामीको टाउको फुटाईदिने धम्की, धम्की दिनेलाई कारबाही गर्न माग

199
VIEWS

धनगढी,
महेन्द्रनगर पोष्टका सम्पादक टेकसिंह धामीलाई नेवि संघका कार्यकर्ता ओमप्रकाश अवस्थीले टाउको फुटाईदिने धम्की दिएका छन् ।

 

धनगढीमा पत्रकारिता गर्ने धामीलाई आफूलाई नेवि संघको नेता बताउने अवस्थीले फोन गरेर टाउको फुटाइदिने धम्की दिएका हुन् ।

धामी सम्पादक रहेको महेन्द्रनगर पोष्टमा प्रकाशित भएको “कैलाली बहुमुखी क्याम्पसका स्वतन्त्र उम्मेदवारलाई नेविसंघको धम्की” शिर्षकको समाचारको विषयलाई लिएर समाचार किन लेखिस् तेरा हातखुट्टा भाँचिदिने भन्दै धम्क्याएका हुुन् ।

‘नेवि संघको स्वतन्त्र उम्मेदवारलाई दवाव दिएको समाचार किन लेखिस् टाउको फुटालिदिन्छु । अब हिसावकिताब हुन्छ,’ उनले फोनमार्फत धामीलाई धम्क्याउदै भनेका छन् ।

यसैबीच पत्रकार धामीलाई धम्की दिएको घटनाप्रती प्रेस चौतारी र नेपाल प्रेस युनियन कैलालीले ध्यानाकर्षण भएको जनाउदै अवस्थीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ । चौतारीका कैलाली सचिव जनक बिष्ट र नेपाल प्रेस युनियन कैलाली सचिव सिताराम ओझाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दैै समाचारमा असहमती भए कानूनी उपाय खोज्ने बाटो हुँदाहुँदै धम्की दिएको घटनाको निन्दा र भत्र्सना गर्दै कारवाहीको माग गरेका हुन् ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार