झलारी प्रहरीद्धारा बस सहित अवैध चिनी बरामद

112
VIEWS

झलारी,
कञ्चनपुरको झलारीमा प्रहरीद्धारा बस सहित अवैध चिनी बरामद गरिएको छ ।

आज बिहान करिब ९ बजे ईलाका प्रहरी कार्यालय झलारी कञ्चनपुरले अवैध चिनी धनगढी तर्फ बस मार्फत जानलागेको बरामद गरेको छ ।

 

अस्थायी प्रहरी विट कलुवापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्लाफाँटा नगरपालिका वडा न.११ कलुवापुर स्थित पूर्वपश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा तस्करीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

महेन्द्रनगरबाट पूर्व (अत्तरिया) तर्फ जाँदै गरेको महाकाली यातायातको ना ४ ख ४०२७ नम्बरको बसमा अवैध रुपमा भन्सार छली गरी लुकाई छिपाई तस्करले लैजादै गर्दा १० क्वीन्टल चिनी र बस सहित बरामद गरी कारवाहीका लागी भन्सार कार्यालय गड्डा चौकी पठाएको प्रहरी कार्यालय झलारीले जनाएको छ ।

यसरी ठुलो मात्रामा अवैध समान भन्सार छलि नेपाल भित्रिदा सिमा सुरक्षामा खटिको सुरक्षा टोली माथी गम्भिर प्रश्न खडा भएको छ । यो कुनबाटो नेपाल भित्रियो सय विषमाय अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार