झलारी प्रहरीको एकपछि अर्को सफलता, तस्करलाई तहलगाउदै

झलारी,
झलारी प्रहरीले लगातार पछिल्लो समयमा तस्करहरुलाई तह लगाउन थालेको छ ।

जिल्लाको मध्य भागमा रहेको झलारी प्रहरीले भन्सार छलि भित्रिने अवैध सामान दैनिक बरामद गर्दै आएको छ । झलारी प्रहरीले हिजो सनिवार दुई मोटरसाईकल सहित अबैध मालसमान भन्सार कार्यालय गड्डाचौकी पठाएको ।

ईलाका प्रहरी कार्यालय झलारी मातहत ई.प्र.का.रैकवार कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा कृष्णपुर न.पा. ०८ बिरेन्द्र सामुदायिक वन गौडी स्थित घोडाघाट कलुवापुर सडक खण्डमा अवैध रुपमा भन्सार छली चोरी निकासी गरी ल्याई बेवारिसे अवस्थामा लुकाई छिपाई राखिएका कुलर थान–३, बिभिन्न कम्पनीका जुत्ता, स्टेप्लाईजर, GLYCERYL MONO STEART POWER, से ३ प १३६७ र से ३ प ६७३६ नम्बरको मोटरसाईकलमा लोड गरी बेबारिसे अवस्थामा राखिएका मो.सा.र समान सहित अ.मुल्य दुई लाख भन्दा माथीका बेवारिसे मालसामान सहितका मोटर साईकलहरु कानुन बमोजिम कारवाहीको लागी भन्सार कार्यालय गड्डाचौकी पठाएको प्रहरीले जनाएको छ ।

पछिल्लो समयमा झलारी प्रहरीले शान्ती सुरक्षामा विषेश ध्यानदिन थालेपछि स्थानीय हषित भएका छन् । स्थानीयहरुका अनुसार अन्य इलाका प्रहरी कार्यालयहरुले यस्तै कडाइ गरिदिए तस्करहरुको संख्या घट्ने र राजश्य बृद्धि हुने जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित