संविधान सभा सदस्य हुदाका योजना अझै सम्पन्न नहुनसकेको प्रति बिष्टको चिन्ता, काम तुरुन्त सक्न निर्माण कम्पनीहरुलाई निर्देशन

106
VIEWS

बेलौरी,
कञ्चनपुर क्षेत्र नं.१ को विकासका निम्ति दिनरात नभनि जनताको सेवामा निरन्तर समाजिक कार्यमा खटिने नेता तथा प्रदेश सभा सदस्य दिवान सिह बिष्टले आफु संविधान सभा सदस्य भएका पाला हालेका योजना अझै सम्पन्न नुहदा चिन्ता व्यक्त गरेका छन् ।

आज बुधवार बिष्टले ती योजनाको अनुगमन गर्दै निर्माण कम्पनीलाई छिटो योजना सम्पन्न गर्न निर्देशन गर्नु भएको छ । उहाँले बेलौरी ५ भकुण्डा देखि लालझाडी २ जोड्ने पक्की पुलको अनुगमन गर्दै उहिले सम्पन्न हुने योजना अहिले सम्म सम्पन्न नहुनुमा ठेकेदारको सतप्रतिशत गलत भएको जिकिर गर्दै तुरुन्त कार्य सम्पन्न गर्न निर्माण कम्पनिलाई निर्देशन गर्नु भयो ।

यस्तै चानदेव देखि रामनगर भकुण्डा हुदै पुरैना ढक्का जाने रोडको समेत अनुगमन, दोदानदीमा गरिएका तटवन्धन, कटानी क्षेत्र र यसको नियन्त्रणका लागि पहल गर्ने बिषयमा अनुमगन गरिएको प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले जानकारी गराउनु भयो ।

उहाँका अनुसार आफु संविधान सभा सदस्य भएका पालामा पारेका योजना अझै सम्पन्न नभएको प्रति चिन्ता गर्दै तुरुन्त समयमै काम सम्पन्न गर्न संवन्धित निकायको ध्यानाकर्षण गराएको बताए । यस क्षेत्रको विकासका लागि अफ्नो हातबाट हुने पहलका लागि कहिले कमि हुन नदिने बताउदै बिष्टले नयाँ योजनाहरुको बारेमा समेत सम्वन्धित मन्त्रालयमा पहल गर्ने बताएका छन् ।

केहिदिन पहिला हुलाकी सडक कार्यालयमा गएर ठेकेदारले गरेको बदमासीका बारेमा कार्वाही गर्न आग्रह गरेपछि पछिल्लो समयमा ठेकेदार कम्पनीले दैजी बेलडाँडी सडक खण्मा काम धमाधम गरिरहेका छ । बिष्टले आफ्नो लेटरहेडमा हुलाकी सडक खण्डका कारण जनताले भोग्नुपरेको समस्याका विषयमा चुप लागेर बस्न नसकिने बल्की काम नगर्ने ठेकेदारलाई कावार्ही गर्नुपर्ने भनेपछि पछिल्लो समयमा काममा निर्माण कम्पनीले ध्यान दिएको हो । अझै पनि कुनै निर्माण कम्पनीले ज्यादती गर्छ, जनतालाई ठग्ने काम गर्छ भने त्यसको मुल्य आफैले चुकाउने बताउनु भयो ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार