बझाङमा :
बझाङ। ठेकेदारको लापरबाहीका कारण बझाङको सेति लोगमार्गमा बन्न लागेका तीन वटा पक्की पुल निर्माण कार्य अलपत्र परेका छन्। ठेक्का लिने र समयमा काम नगरी ढिला सुस्ती गरेका कारण यो अवस्था र्शिजना भएकाे हो ।
बझाङको खप्तडछान्ना गाउँपालिका अन्तर्गत सेती लोगमार्गले निर्माण गर्न लागेका ३ वटा पक्की पुल मध्ये एक वटा पक्की पुलको मात्रै काम सुरु भएको छ।
२०७५ सालमा टेन्डर भएर काम सुरू गरेका निर्माण कम्पनीको लापवार्हीका कारण पुलहरू अलपत्र परेको स्थानीयको गुनासो पाेखेका छन । खप्तडछान्ना गाउँपालिका–७ मा पर्ने विजाडी गाडमा बन्न लागेको पक्की पुलको काम अन्तिम चरणमा भएपनि ठेकेदार सम्पर्क विहीन भएका कारण यहाँका स्थानीयहरू समस्यामा परेका छन् ।
यो पुलमा काम गर्ने मजदुरहरुले समेत रकम पाएका छैनन्।स्थानीय बासिन्दा ज्ञान बहादुर रोकायाले भने, ‘हामीले अहिलेसम्म काम गरेको रकम पनि पाएका छैनौ । गिट्टी कुटेको, बालुवा बोकेको अर्थात मजदुरी गरेकाहरु कसैले पनि अहिलेसम्म कसैले पनि अाफ्नाे ज्याला पाएका छैनाै। उल्टै ठेकेदारले स्थानीयबाट पैसा सापट लिएर सम्पर्क विहीन भएको छ।’
उक्त पुलको ठेकेदार अमर कन्ट्रक्सनका संचालक भद्र शाही यति खेर सम्पर्क बिहीन छन् । आफू जिम्मेवारी भएर बाजुराको बुढीगंगाबाट बालुवा र गिट्टी ओसारेको ट्याक्टरको झण्डै ३ लाख र आफुनो ट्रकबाट धनगढीदेखी सामान ओसारेको झण्डै १२ लाख आफूले लिनु बाँकी रहेको विर बहादुर रोकायाले बताए ।
उनले भने, ‘बाजुरामा एक हप्ता अघि मात्रै ट्याक्टर चालकहरुले मेरो ट्रकको चाबी थुतेका थिए। मेरो आफ्नै पैसा त असुल्न बाँकी छ। आफू जिम्मेवारी भएर ल्याएका ट्याक्टर साहुहरुको ३ लाख कसरी तिर्ने नभए मलाई त्यहाँका स्थानीयले खबरदारी गर्दै आएका छन्। यता ठेकेदार र साईड हेर्ने ब्यक्तिलाई सम्पर्क गर्दा सम्पर्क विहीन बनेका छन् ।पुल समेत पूर्ण भएको छैन।
काम गर्न अझै बाँकी छ। तर ठेकेदार सम्पर्कमा नै नआएकोले आफू समस्यामा परेको उनले बताए । यस पुलको विषयमा सेती लोगमार्गका प्रमुख रमेश भटराईले आफुहरुसँग ठेकेदार सम्पर्कमा रहेको बताउँदै अबको केही समय भित्र पुलको काम गर्न आफुले निर्देशन दिएको बताए।
उनले भने, ‘उक्त पुलको सबै भन्दा बढी प्रगती भएको देखिन्छ । ठेकेदारले पुलको काममा आफूले मनोमानी गरेका कारण केही काम फेरि गर्नु पर्ने भएका कारण समस्या सृजना भएको हो । तर, मजदुरले रकम पाए नपाएको विषयमा आफूलाई कुनै जानकारी छैन् ।’
केही दिन भित्र काम सुरु नगरे आवश्यक कार्वाहीका लागी सेती लोगमार्गले प्रकृया अघि बढाउने उनले जानकारी दिए। यस्तै, खप्तडछान्ना गाउँपालिका–१ र २ मा निर्माण हुन लागेको कालिपछाईको पक्की पसल निर्माण गर्ने जिम्मा राईमाझी द क्यारावान निर्माण सेवाले ५ करोडमा पाएको थियो ।
२०७५ सालमा पाएको ठेक्का हालसम्म ४० प्रतिशत मात्रै काम भएको छ । गत बर्ष कार्तिकमा आएको बाढीले उक्त पुल नै अलपत्र पारेपछी ठेकेदार कम्पनीका ब्यक्तिहरुले सम्पर्क विहीन अवस्थामा रहेको यहाँका स्थानीय बासिन्दाले बताएका छन् ।उक्त पुलको काम पनि अलपत्र अवस्थामा छ । तमैल नजिकै जराडी गाडमा बन्न लागेको अर्को पक्की पुलको जिम्मा भने कम्पाचे शेर्पा टिडीआरले ६ करोड ५० लाखमा ठेक्का हात पारेको थियो ।
उक्त पुलमा अहिले काम सुरू भएको भएपनि यस पुलको प्रगति भने पनि ४० प्रतिशत मात्रै रहेको छ । यहाँका पक्की पुलहरु अलपत्र पर्दा ओहोरदोहोर गर्ने बाटोको समेत समस्या रहेको छ ।
यी पुलको अनुगमन प्रतिनिधि सभा सदस्य भानुभक्त जोशी, प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय, गाउँपालिकाका प्रमुख उप प्रमुखहरुले समेत गरेका थिए । प्रतिनिधि सभा सदस्य भानुभक्त जोशीले यी पुलहरुलाई जति सक्दो चाँडो पूरा गर्नका लागि आफूले सम्बन्धित निकायसँग पहल गरेको र यदी काम नगर्ने अनि ठेक्का ओगट्ने कम्पनीलाई कार्वाहीको दायरामा ल्याउनका लागि निर्देशन समेत दिएको बताए ।
यस्तै, प्रमुख जिल्ला अधिकारी पाण्डेयले सेती लोगमार्गका कार्यालय प्रमुखसँग सम्र्पक गरेर यी पुलहरुको काम र खप्तडछान्ना गाउँपालिकामा बाटो सुचारुको कामको विषयमा छलफल भै आवश्यक प्रकृया अघि बढाउन भनेको बताए ।
गाउँपालिकाका अध्यक्ष उत्तम बहादुर रोकायाले सेती लोगमार्गका कार्यालय प्रमुखसँग सम्पर्क गरेर मजदुरको रकम असुली, पक्की पुल अलपत्र परेको विषय र खप्तडछान्ना गाउँपालिकामा यो बर्खामा बाटो सुचारको विषयमा कुरा भई आवश्यक काम अघि बढाएको जानकारि सेती लोकमार्गका कार्यालय प्रमुख रमेश भटराईले यी सबै पुलहरु समयमा नै सम्पन्न नगरे आवश्यक कार्वाहीका साथ अघि बढ्ने जनाएका छन ।
उनले भने, ‘खप्तडछान्नामा गत बर्ष आएको बाढीले सबै बाटोघाटो जग्गा जमिनको क्षेदविच्छेद भएकाे छ । काम गर्न चुनौत छ । तर पनि काम सुरू गरेर यस वर्ष मानिस ओहोर दोहोर गर्ने बाटोसम्म सुचारु गरी राख्नका लागि सडक कटानको प्रकृया तथा टेन्डर प्रकृया अघि सारी सकेको र केही समयमा नै काम जारि हुन्छ ।’
Discussion about this post