धनगढीको सिटहल प्रयोगविहीन

धनगढी:

धनगढी उपमहानगरपालिका–८ मा निर्माण सम्पन्न भएको सिटी हल भवन प्रयोग बिहीन बनेको छ । करोडौं बजेट खर्च गरेर बनाएको सिटीहल निर्माण सम्पन्न भएको १० महिना पुग्दा समेत प्रयोगमा आउन नसकेको छैल । २८ करोड लागतमा बनेको सिटी हल निर्माण

भयको थियो।

 

सङ्घीय योजना कार्यान्वयन ईकाइ कार्यालय धनगढीले केन्द्रीय विभागबाट हल सञ्चालनका लागि स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णय गर्न बाँकी रहेकाले प्रयोगमा आउन नसकेको जनाएको छ। हाल सिटी हल भवनको गेटमा ताल्चा लगाइएको छ। एक बिघा क्षेत्रफलमा बनेको सिटी हलमा ९ सय जना अट्ने क्षमता रहेको अडिटोरियम हल, २ सयजना अट्ने क्षमताको सेमिनार हल, एक प्रदर्शनी कक्ष, एक अति विशिष्टकक्ष, दुई रियल्सन हल र अन्डरग्राउन्ड पार्किङसहितको निर्माण भएको छ।

धनगढी ८ का स्थानीयसमेत रहेका निवर्तमान वडाध्यक्ष नारायण वरालले सिटीहल भवन निर्माण भइसक्दा पनि सञ्चालनमा नआउनु दुःखद् भएको बताए । उपमहानगरपालिकाले के कारणले सञ्चालनमा ल्याउन नसकेको हो त्योकुरा थाह नभएको उनको भनाई छ । सिटी हल सञ्चालनमा आएपछि आर्थिक उपार्जन गर्ने आसमा बसेका स्थानीय पनि निरास भएको उनको भनाइ छ । स्थानीय सुखदेव रानाले सिटीहल निर्माण सुरु भएपछि गाउँमा चहलपहल बढ्ने भएकोले व्यापार पनि चल्ने आशामा रहेका हामीहरू अहिलै नै सञ्चालनमा नआउने देखीएको बताए । भवन निर्माणका लागि सङ्घीय योजना कार्यान्वयन ईकाइमार्फत् २०७५ सालमा निर्माण कम्पनीसँग सम्झौता गरेर काम अगाडि बढेको थियो।

 

सोही अनुसार २०७६ सालदेखि उक्त सिटी हल निर्माणको काम सुरु भएको थियो। व्यापारिक, राजनीतिक र अन्य दृष्टिकोणबाट पनि केन्द्रका रूपमा रहेको धनगढीमा बैठक, सभा, गोष्ठी, सेमिनार जस्ता ठूला कार्यक्रम गर्ने स्थानको आवश्यकता महसुस गरेर उक्त भवन निर्माण गरिएको हो । केन्द्रबाट २८ करोड बजेट छुट्याएपछि धनगढी–८ मा उपमहानगरपालिकाले डेढ बिघा जमिन उपलब्ध गराएको थियो । सिटीहल निर्माण भएको एक वर्ष पुग्नैलाग्दा पनि धनगढी उपमहानगरपालिकाले भने सञ्चालनका लागि चासो देखाएको छैन । हलमा मासिक लाखौँ खर्च गर्नुपर्ने र सोहीअनुसारको कारोबार पनि गर्नुपर्ने हुनाले उपमहानगरपालिकाले सञ्चालनका लागि चासो नदेखाएको स्थानियको आरोप छ ।

 

धनगढी उपमहानगरपालिका–८ का वडाध्यक्ष जुगराम चौधरीले सिटी हल सञ्चालनका विषयमा उपमहानगरपालिकाले कुनै धारणा नबनाएको बताए। हल सञ्चालनका लागि अझै बजेट आवश्यकता पर्ने र सिटीहलमा काम गर्ने कर्मचारी पनी चाहिने बताए । उनले उपमहानगरपालिकासँग पनी बजेट नभएको बताउँदै सञ्चालन गरेपछि आर्थिकरुपमा फाइदा हुने नहुने पछि थाहा हुने बताए । उनले उपमहानगरपालिकालाई सञ्चालनका विषयमा सम्बन्धित निकायबाट आधिकारिक निर्णय पनि नआएको बताए ।

 

कार्यविधि नभएकाले पनि हल सञ्चालनमा ल्याउन ढिलाइ भइरहेको उनको भनाई छ। सिटी हल निर्माणका लागि बिकेवाई एमके रोयल जेबी र सरकारबीच २ माघ २०७६ मा सम्झौता भएको थियो ।सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढी कार्यालयले मापदण्ड नभएकाले निर्माण सम्पन्नको सिटीहल कुन निकायलाई हस्तान्तरण गर्ने भन्नेमा दुबिधा रहेको जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित