नेपाल राष्ट्रिय प्राध्यापक संगठनको शुभकामना आदान प्रदान कार्यक्रम

19
VIEWS

कञ्चनपुर:

नेपाल राष्ट्रिय प्राध्यापक संगठनले कञ्चनपुरको महेन्द्रनगरमा शुभकामना आदान प्रदान गरेको छ । नेकपा माओेवादी केन्द्र निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनले महेन्द्रनगरमा शुभकामना आदान प्रदान गरेको हो ।

बिहीबार महेन्द्रनगरमा नेपाल राष्ट्रिय प्राध्यापक संगठन सुदूरपश्चिम प्रदेश कमिटिले नयाँ बर्ष २०८० को अवसरमा शुभकामना आदान प्रदान गरेको छ । नेपाल राष्ट्रिय प्राध्यापक संगठन सुदूरपश्चिम प्रदेशका अध्यक्ष महादेव अवस्थीले नयाँ बर्षको अवसर पारेर प्राध्यापकविच शुभकामना आदान प्रदान गरिएको बताए ।

 

अध्यक्ष अवस्थीले नयाँ बर्षको अवसरमा जिल्लामा उपलब्ध प्राध्यापकसंग शुभकामना आदान प्रदान गरिएको बताए ।

कार्यक्रममा नेपाल राष्ट्रिय प्राध्यापक संगठन क्याम्पस, सुप विश्वविद्यालय, सिद्धनाथ विज्ञान क्याम्पस सहितका जिल्लामा रहेका विभिन्न अन्य क्याम्पसमा कार्यरत प्राध्यापक, प्रदेश तथा केन्द्रीय कमिटिका पदाधिकारी, सदस्यहरुले उच्च शिक्षाको शैक्षिक गुणस्तर बृद्धिका लागि प्राध्यापक संगठनको महत्वपूर्ण भूमिका हुने धारणा अघि सारेका थिए ।

 

कार्यक्रममा नेपाल खुला विश्वविद्यालयका रजिष्ट्रार गोबिन्द विष्ट सहितका प्राध्यापक, शिक्षक, पत्रकार, कर्मचारी सहितको उपस्थिति रहेको थियो ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार