कैलालीमा लागूऔषधका १ सय ७१ जना पक्राउ

4
VIEWS

कैलाली:

कैलालीमा तीन महिनाको अवधिमा लागूऔषध विभिन्न मुद्दाका १ सय ७१ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी कुलदिप चन्दले गएको माघ, फागुन र चैत्र महिनामा उनीहरु पक्राउ परेको जनाएका छन । उनका अनुसारलागूऔषधका ११० मुद्दा परेका थिए भने । जसमा २१ जना महिला र १५० पुरुष गरि १७१ जना छन् ।

 

डिएसपी चन्दले पक्राउ परेकाहरूबाट खैरो हेरोइन ३१४ ग्राम ३७० मिलिग्राम, नाइट्राभेट ५९ ट्याब्लेट,चरेस २६ किलो ४७ ग्राम ९२० मिलिग्राम, स्पास्मो १२१ क्याप्सुल र ब्रुनुफ्रीन ७ ट्याब्लेट बरामद गरिएको बताए का छन।सोही अवधिमा भन्सार छलेर चोरी निकासी पैठारीमा संलग्न २७ सवारीसाधन र २० जना मानिस पक्राउ परेका छन्।

 

उनीहरुबाट ८१ लाख १३ हजार ४६ रुपैयाँ राजश्व संकलन गरिएको छ। यसैगरी सवारीसाधन नियम विपरित चलाई ट्राफिक नियम उलंघन गर्ने सवारीधनिबाट ७१ लाख ७२ हजार ५ सय जरिवाना गरिएको डिएसपी चन्दको भनाई छ। कैलाली अदालतबाट विभिन्न मुद्दामा फैसला भइ फरार रहेका ५६ जनालाई समेत पक्राउ परेका र पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कैलालीमा बुझाएको समेत बताइएको छ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार