बेलाैरीमा बाघको अाक्रमण परि एक महिला बेपत्ता : बाघ नियन्त्रणका लागि माथीको अादेश पर्खदै प्रहरी

1.2k
VIEWS

कलकत्ता ,

कञ्चनपुरको  बेलौरीमा बाघको आक्रमणमा परी एक महिला बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा बेलौरी नगरपालिका ८ कि ४२ वर्षीय गंगा चन्द रहेको प्रहरीले जनाएको छ ।

महिला आज बिहान करिब ११ बजेतिर खप्टिपुल नजिकै खेतबारीमा घाँस काट्न गएकी थिइन् । ड्रोन क्यामरा बाट हेर्दा बाघ र महिला झाडीमा देखा परेका छन् । तर अहिलेसम्म बाघ नियन्त्रण लागि माथिको अादेश भन्दै प्रहरी अलमलमा छ ।

बाघ नालाको झाडीमा सुतेको अवस्थामा क्यामरामा देखिएको छ । उक्त ठाउँलाई स्थानीयले घेराका छन् ।

अहिले सम्म कुनै पहल नभएको भन्दै स्थानीय अाक्रोसित बन्दै गएका छन् ।

यस्तै, यसअघि गत चैत १० गते भारतको दुधुवा नेशनल पार्कमा घाँस दाउरा गर्न गएकी पुनर्वास नगरपालिका– १० की ३३ वर्षीया कलसा सार्कीको बाघको आक्रमणमा परी मृत्यु भएको थियो। त्यसको एक सातापछि बेलौरीसँग सीमा जोडिएको भारतीय बस्तीमा पनि बाघको आक्रमणबाट एक भारतीय महिलाको मृत्यु भएको थियो । भने महिना दिन नबित्दै फेरी यो घटना घटेको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार