स्थानीयले घेरावन्दी गरेको बाघ र बेपत्ता महिला आज विहान सम्म फेला परेनन्

873
VIEWS

कलकत्ता,
हिजो करिब विहान ९ बजे तिर घाँसकाटिरहेकी महिलालाई आक्रमण गर्ने बाघलाई स्थानीयले हिजो बिहानै देखि घेरेर बसेका थिए ।

 

बाघलाई नियन्त्रण लिन र बेपत्ता पारिएकी महिलाको उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा निकुञ्जको प्राविधिक टोली रातीको करिब ९ बजेतिर खप्टिनालामा छिरेको थियो ।

करिब राती ५ घण्टा भन्दा बढी नालाको झाडीमा प्राविधिक टोलीले खोजतलास गर्दा अहिले सम्म केहि फेला पार्न सकेको छैन् । उद्धारका लागि ल्याइएका ४ हात्ती दिनभरीको हिडाइले थाकेका कारण रातीको साढे १२ बजे खोजकार्य स्थगित गरिएको थियो । प्राविधिक टोलीले अहिले विहानै खोज कार्य जारी राख्ने जनाएको छ ।

बेलौरी नगरपालिका ८ पचुई गाउँका ४/५ जना महिलासँगै घाँस काटन गंगा देवी चन्द बिहान खप्टिनाला क्षेत्रमा गएकी थिइन । बाघको आक्रमणपछि उनी बेपत्ता भएकी थिइन् । करिब २० घण्टासम्म पनि उनको अवस्था थाहाँ नपाएपछि स्थानीय झिन आक्रोशित बन्दै गएका छन् । हिजो खोजी कार्यमा ढिला गरेको भन्दै स्थानीयहरु आक्रोशित हुदै उनीहरुले ढुंगा प्रहार गर्दा एक जना प्रहरी कर्मचारी घाइते भएका थिए ।

ड्रोन क्यामेरामा देखा परेको बाघलाई अहिले सम्म नियन्त्रणमा लिन नसक्दा स्थानीय चिन्तित बनेका छन् ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार