बाईस घण्टापछि बाघ फेला, गंगा पनि मृत फेला

593
VIEWS

कञ्चनपुर,
बिहीबार बिहान १० बजेतिर खेतका परेर मानिसमाथि आक्र्रमण गरेको बाघ बाईस घण्टापछि फेला परेको छ ।

बेलौरी नगरपालिका ८ पचुईकी ४५ बर्षिया गंगा चन्दलाई आक्र्मण गर्ने बाघ शुक्रबार बिहान ८ बजेतिर फेला परेको हो । संगै गंगा पनि मृत फेला परेकी छिन ।

श्रृखलाबद्ध रुपमा मानिसमाथि आक्र्रमण गर्दै आएको बाघलाई नियन्त्रणका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट बाघ विज्ञ डा. दीनेश देवकोटा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आभास श्रेष्ठ सहित हात्ती परिचालन गरिएका थिए ।

दुई दिनदेखि बाघ र मानिसको खोजी गरेपनि बाघ फेला परेर नियन्त्रणमा लिईएको छ । भने गंगा पनि घटना स्थल क्षेत्रमै मृत फेला परेकी छिन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक कुमार मेहताले ड्रागबाट बाघ नियन्त्रमा लिईएको बताए ।

घटना स्थलदेखि बाघलाई निकुञ्जतर्फ लगेपनि कहाँ छाड्ने अध्ययन पछि मात्रै एकिन गरिने उनले बताए ।
सोही बाघले गत १० चैत्रमा पुनर्वास नगरपालिका १० विकासबस्तीकी कलसा सार्कीलाई आक्र्रमण गरेको ठिक एक महिनामै बेलौरी नगरपालिका ८ पचुईकलकत्ताकी महिला गंगामाथि आक्र्रमण गरेको छ ।

पुनर्वासकी सार्की महिलामाथि आक्र्रमण गरेको दुई सातामा भारत लखिमपुरखिरीकी एक भारतीय महिलामाथि आक्र्रमण गरेको बाघले फेरी नेपाल बेलौरी ८ कलकत्ता पचुईकी गंगा चन्दमाथि आक्र्रमण गरेको छ ।

शुक्रबार बिहान खेतमा घाँस काटन गएकी गंगालाई बाघले आक्र्रमण गरेर आफ्नो नियन्त्रणमा राखेको स्थानीयले बताएका थिए । मानिसमाथि श्रृखलाबद्ध आक्र्रमण गर्न थालेपछि सीमावर्ती नेपाल भारतका स्थानीय त्रसित भएका छन । सोही बाघले नै एक महिनाको अवधिमा (नेपाल भारत) तीन महिलामाथि आक्र्रमण गरेपछि सीमावर्ती क्षेत्रका स्थानीय त्रसित भएका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार