पुनर्वासमा छोराले बाबुको हत्या गरे

कञ्चनपुर,
कञ्चनपुरको पुर्नवास नगरपालिकामा एक युवकले आफ्नै बाबुको हत्या गरेका छन । पुनर्वास नगरपालिका ४ कार्कीचोकका ३० बर्षिया गणेश खडकाले आफ्नै बाबु धन बहादुर खडकाको हत्या गरेका हुन ।

निर्दही नालायक छोराले बाबुको हत्या गरेपछि खडका परिवारमा सन्नटा छाएको छ । आफ्नै सन्तानबाट मृत्युबरण गर्नुपर्ने ति जेष्ठ नागरिकको हत्या गर्ने छोरा प्रहरी फन्दामा परेका छन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रकास डाँगीले घरसायी विवादका कारण बाबुछोराविच झगडा हुुँदा छोराले बाबुमाथि काठको चिर्पट प्रहार गर्दा धन बहादुर खडकाको मृत्यु भएको बताए ।

७१ बर्षिया बाबुको हत्या गरेर भाग्न खोजेका गणेश प्रहरीको नियन्त्रणमा छन । घटना स्थलमा प्रहरीले अहिले मुचुल्का उठाईरहेको छ ।

कञ्चनपुरमा दुईदिन सोमदेखि लगातार पानी परेपछि घटना बारे गाँउमा समेत खासै होहल्ला भएको छैन ।। अहिले घरसायी विवादले घटना भएको प्रारम्भिक जानकारी आएपछि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित