कञ्चनपुरमा पद मुक्त हुदा समेत जनप्रतिनिधी र कर्मचारीले सवारी सहितका उपकरण फिर्ता गरेनन्

महेन्द्रनगर,

जिल्ला समन्वय समिति कञ्चनपुरका तत्कालिन प्रमुख फैरु तामाङ्ग, उपप्रमुख सानु कुमारी बुढथापा सहितका जनप्रतिनिधी र कर्मचारीले लिएको सरकारी सवारी साधनदेखि उपकरण अझै फिर्ता गरेका छैनन् ।

 

जिसस कञ्चनपुरबाट पदमा हुँदा लिएका जिन्सि समानहरु तत्कालिन प्रमुख तामाङ्ग र उपप्रमुख बुढथापाले अझैसम्म फिर्ता गरेका छैनन् । पदमा रहदा उनीहरुले कार्यालयबाट जिन्सि समानहरु लगेका थिए तर पदबाट मुक्त भएको बर्षदिन पुग्दा समेत समान फिर्ता गरेका छैनन् । जिसस प्रमुख तामाङ्गले लगेको रातो रंगको जिप समेत उतै पुर्नवास नगरपालिकामा बुझाएका छन् ।

जिल्ला समन्वय समिति कञ्चनपुरका तत्कालिन प्रमुख तामाङ्ग र उपप्रमुख बुढथापा मात्रै होईन कर्मचारीले समेत लगेका सवारी साधन र समाग्री फिर्ता गरेका छैनन् । जिसस स्रोतका अनुसार तत्कालिन प्रमुख तामाङ्ग र उपप्रमुख बुढथापाले लगेको समान फिर्ता नगर्ने, हामीले किन फिर्ता गर्ने ? भन्दै प्रतिप्रश्न राखेर उनीहरुले समेत फिर्ता गरेका छैनन् ।

 

जिल्ला समन्वय समिति कञ्चनपुरका सूचना अधिकारी संगिता भण्डारीले पटक पटक पत्र काट्दा समेत सवारी साधन र लगेको समान अझैसम्म पनि फिर्ता नगरेको बताईन । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा बोहराका स्वकीय सचिव बेद प्रकास चौधरीले लगेको एक स्कुटी फिर्ता नगरेपछि प्रहरीलाई गुहार गरेको छ ।

१७ बैशाख ०८० मा जिल्ला समन्वय अधिकारी याम नारायण गौलीले ट्राफिक प्रहरीलाई पत्र नै काटेर म १ ब ३२१ नम्बरको स्कुटी लगेर पदमुक्त भएपछि पनि हालसम्म नबुझाएकाले कार्यालयबाट नियन्त्रणमा लिएर बुझाईदिन अनुरोध पत्र नै पठाएको छ । जिसस कञ्चनपुरका अनुसार तत्कालिन प्रमुख फैरु तामाङ्गले लगेको १० ओटा जिन्सि समानमध्ये ४ मात्रै फिर्ता गरेका छन् ।

आईप्याड १ थान, ल्यापटप १ थान, मोबाईल (स्यामसुङ १ थान, एमआई १ थान), क्यामेरा डिएसएलआर ८० १ थान र ट्याबलेट १ थान फिर्ता गरेका छैनन् ।

तत्कालिन उपप्रमुख सानुबुढ थापाले आईप्याड, ल्यापटप र ट्याबलेट १/१ थान, तत्कालिन जिसस प्रमुखका स्वकीय सचिव सन्देश लोचन तामाङ्गले ल्यापटप, ट्याबलेट १/१ थान र हालका जिसस प्रमुख दुर्गा बोहराका स्वकीय सचिव चौधरीले एक थान स्कुटी फिर्ता गरेका छैनन् ।

 

जनप्रतिनिधी र कर्मचारीले आफ्नै सम्पत्ती सोचेर राज्यको सम्पत्ती यसरी फिर्ता नगरेपछि दोहन भएको भन्दै चौतर्फि आलोचना भईरहेको छ । कार्यालयको समान फिर्ता गराउन कार्यालयले एक्सनमा उत्रिएर औपचारिक पत्र काटिएपनि समान व्यक्तिकै कब्जामा छन् । यस बारेमा तत्कालिन जिसस प्रमुख फैरु तामाङ्गसंग सम्पर्क गर्दा फोन उठाएनन् । भने जिसस तत्कालिन उपप्रमुख सानु बुढथापाले केही हिसाब मिलान गर्नुपर्ने भएपनि कार्यालयको समान तत्कालै फिर्ता गर्ने बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित