बेलडाँडीमा स्थानीय तहको सेवा प्रवाहलाई जनमुखी तथा प्रभावकारी बनाउन सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बेलडाँडी,
स्थानीय तहको सेवा प्रवाहलाई जनमुखी तथा प्रभावकारी बनाउन बेलडाँडी गाउँपालिका वडा नं.१ मा सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ ।

महेन्द्रनगरमा रहेको ग्रामिण विकास केन्द्र कञ्चनपुर संगको सम्झौता अनुसार बेलडाँडी गाउँपालिकाका सबै वडामा सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रम गरिन थालेको छ । बेलडाँडी गाउँपालिका वडा नं.१ मा आम नागरिकले कस्तो किसिमले सेवा पाइरहेका छन र सेवा प्रदायक जवाफदेहि छ छैन् भन्ने विषय लगायत सरोकारवालाहरूसँग सार्वजनिक सुनवाई तथा सामाजिक परीक्षण गरेको वडाध्यक्ष गज बहादुर बिष्टले जानकारी गराउनु भयो ।

 

वडा कार्यालयले प्रवाह गरेका सेवा, सेवा प्रवाहका क्रममा भएका समस्या र समाधानका विषयमा कार्यक्रम गरिएको थियो । कार्यक्रमका अध्यक्ष तथा वडा अध्यक्ष बिष्टले वडाबाट हुने कामलाई अझै प्रभावकारी बनाउन लागि पर्ने बताउनुभयो ।

उहाँले भन्नु भयो– “वडा कार्यालय सबै वडावासीहरुको अभिभावक हो, हामीले वार्षिक कार्यक्रम तथा वडाले गरेका कामकाज प्रस्तुत गरेका छौं, सो अनुसार काम भए नभएको अनुगमन गर्नु होला ।”

वडा कार्यालयले प्रवाह गरिरहेको सेवाको सम्बन्धमा सहभागीहरूले उठाएका सवालको वडाध्यक्ष, सचिव, सदस्यहरुले जवाफ दिएका थिए ।

कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य बीमा, बाटोघाटो, पुलपुलेसा, कृषि, बिउविजन, पशु बीमा, खानेपानी, लक्षित वर्गको कार्यक्रम र बजेट लगायतका विषयमा गुनासो राखेका थिए ।

वडा कार्यालय अभिभावक भएकोले आफूले प्रवाह गरेको सेवाको बारेमा तपाईहरूका समस्या गुनासा निर्धक्क राख्न र कमजोरी देखिएमा सच्याउनको लागि खबरदारी गर्न पनि आग्रह बिष्टले गरेका थिए ।

वडाध्यक्षको अध्यक्षतामा भएको कार्यक्रममा पालिका उप-प्रमुख शान्ती नाथ, राजनितिकदलका प्रतिनिधी,विभिन्न संघसंस्थाका प्रतिनिधी, विद्यालयका शिक्षक प्रतिनिधी स्थानीय सरोकारवालाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित