बालकृष्ण खाणलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

33
VIEWS

काठमाडौँ,

जिल्ला अदालत काठमाडौँले पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई ४ दिन हिरातमा राख्न अनुमति दिएको छ । अदालतले जिल्ला प्रहरी परिसर काठमाडौँलाई ४ दिनको म्याद थप गरेर अनुसन्धान गर्न समय प्रदान गरेको हो ।

 

नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा मुछिएपछि बुधबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको थियो । अदालतमा लैजानुअघि खाणको स्वास्थ्यजाँच गरिएको थियो । स्वास्थ्य जाँचका लागि खाँणलाई कान्तिपुर अस्पतालमा लगिएको थियो ।

खाँणलाई यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा बुधबार प्रहरीले निवासबाटै नियन्त्रणमा लिएको थियो ।  यो प्रकरणमा मुछिएका एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार रहँदै आएका छन् । उनलाई एकसाता अघि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भएपनि फरार रहँदै आएका हुन् ।

खाण पक्राउ परेसँगै यो प्रकरणमा प्रहरीको नियन्त्रणमा आउनेको संख्या १२ पुगेको छ । यसअघि प्रहरीले रामशरण केसी र गोविन्द चौधरी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र  रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ। यस्तै खाणकै सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले बुधबार नै पक्राउ गरेको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार