बेलडाँडीमा विपदको समयमा तुरुन्त प्रतिकार्यका लागि व्यापारीहरुसंग छलफल

97
VIEWS

बेलडाँडी,
बेलडाँडीमा विपदको समयमा तुरुन्त प्रतिकार्यका लागि व्यापारीहरुसंग निड्स नेपालले छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

 

स्थानीय बजारमा दाल,चामल, सावुन र सेल्टर सामग्रीको उपलब्धताको अवस्था सम्वन्धी पालिका र आपुर्तीकर्ता संग निड्स नेपालले एकदिने छलफल कार्यक्रम पालिकाको सभाहलमा सम्पन्न गरेको निड्स नेपाल बेलडाँडीकी सहजकर्ता जानकी शाहीले जानकारी गराउनु भयो ।

 

उहाँका अनुसार विपद जतिबेला पनि निम्तन सक्ने भएकाले हुने क्षतिलाई न्युनिकरण गर्नका लागि स्थानीय वजारमा उपलब्ध हुने समग्रीका विषयमा छलफल भएको बताए ।

विपदको समयमा तुरुन्त प्रतिकार्यका लागि स्थानीय व्यापारीहरुले दाल,चामल, सावुन, सेल्टर लगायत अति आवश्यक सामग्रीहरु छलफलमा उपलब्ध गराउन सकिने जनाएका छन् ।

विपद जोेखिम क्षेत्रमा आवश्यक पहल गरि उक्त क्षेत्रमा बसोबास गर्ने समुदायलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न उपयुक्त स्थानको खोजी र उनीहरूको सुरक्षाको लागि सचेतना कार्यक्रम सञ्चालन गरी सम्भाव्य जोखिम कम गर्न सकिने छलफल भएको थियो । सहभागीहरूले विपदको समयमा आवश्यक पर्ने महत्त्वपूर्ण औजारहरू तयारी हालतमा राख्नुपर्ने पालिकालाई सुझाव समेत दिएका थिए ।

बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाको प्रमुख आतिथ्यतामा, बेलडाँडीका व्यापारी, विभिन्न संघ संस्थाका प्रतिनिधी, पालिका उपाध्यक्ष, जनप्रतिनिधी, कर्मचारीहरुको सहभागितामा सम्पन्न भएको कार्यक्रममा निड्स नेपालका विपद कोडिनेटर ईश्वर उपाध्याय र मनराज उपाध्यायले सहजिकरण गरेका थिए ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार