२ वर्ष टिकेनन,सुदूरपश्चिम सरकारको एक करोड ५५ लाखका सीसी क्यामरा राजमार्ग असुरक्षित

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकी र अत्तरियादेखि धनगढीस्थित त्रिनगर भन्सारसम्म सीसीटिभी क्यामरा जडान गरेर प्रहरीलाई हस्तान्तरण गर्‍यो।

इलाका प्रहरी कार्यालयहरुमा कन्ट्रोल रहने गरेर कैलालीको चिसापानीदेखि पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको गड्डाचौकी नाकासम्म र अत्तरियादेखि त्रिनगर नाकासम्म एक सय ३८ वटा सीसीटिभी क्यामरा जडान गरिएको हो। प्रदेश सरकारले एक करोड ५५ लाख ५६ हजार तीन सय ८५ रुपैयाँ खर्चेर जडान गरिएका ती क्यामरा काम नलाग्ने गरी बिग्रीएका छन्।

मर्मतका लागि बजेट नभएपछि राजमार्ग क्षेत्रमा हुने अपराध अनुसन्धान गर्न प्रहरीलाई समस्या भइरहेको हो। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी गणेश बरालले स्याउले बजार लगाएतका क्षेत्रमा रहेका क्यामरा बिग्रिएको बताए। उनले क्यामरा मर्मतका लागि माथिल्लो निकायमा समेत जानकारी गराएको बताएका छन्। तर क्यामरा मर्मतका लागि कतैबाट बजेटको जोहो भने नभएको उनले बताए।

प्रदेश सरकार अपराध तथा दुर्घटना न्यूनीकरण अभियान अन्तर्गत कैलालीको पूर्वी क्षेत्र चिसापानीदेखि पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको गड्डाचौकी नाकासम्म र कैलालीको अत्तरियादेखि मोहनापुल–अत्तरिया ६ लेन सडकअन्तर्गत त्रिनगर नाकासम्म एक सय ३८ स्थानमा सीसीटिभी क्यामरा जडान गरिएको थिय। प्रदेश सरकारले जडान गरेका सीसी क्यामराले आपराधिक क्रियाकलाप रोकिने अपेक्षा गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित