काठमाडौँ :
आज बसेको नेपाल बैंकर्स संघको बैठकले जेठदेखि लागू हुने गरेर कर्जाको ब्याज घटाउने निर्णय गरेकोहो । हाल बसिरहेको संघको बैठकमा जेठदेखि कर्जाको ब्याज घटाउने सहमति भएको छ । संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जेठदेखि कर्जाको ब्याज घट्ने जानकारी दिएका छन । उनले भने, ‘कर्जाको ब्याज बिस्तारै घट्दै आइरहेको छ ।
जेठमा पनि घट्ने सहमति भइसकेको छ ।’केसीले विषेशगरी २ वटा कारणले गर्दा कर्जाको ब्याज घट्ने अवस्था आएको जानकारी दीए। वैशाखदेखि लागू भइसकेको निक्षेपको ब्याज घटेको कारण र स्प्रेडदर घटाउँदै लग्नुपर्ने व्यवस्थाका कारण समेत ब्याज घट्ने उनले जानकारी दीए । बैंकर्स संघले वैशाखदेखि लागू हुने गरेर निक्षेपको ब्याज एकल अङ्कमा झारेको थियो ।
वैशाखदेखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याज ९।९९ प्रतिशत र मुद्दती निक्षेपको ब्याज ७।९९ प्रतिशतमा झारेको थियो ।
निक्षेपको ब्याज घटेकै कारण कर्जाको ब्याजदर घट्ने भएको हो । जेठदेखि कर्जाको ब्याज घट्ने भए पनि कति घट्ने भन्ने विषयमा बैंकले सूची सार्वजनिक भने गरिसकेका छैनन् ।
Discussion about this post