भारतले महाकाली नदी नेपाल तर्फ डाइभर्ट गर्न खोज्दा ढुङ्गा हानाहान

दार्चुला :

भारतले महाकाली नदीमा तटबन्ध निर्माण कार्य गर्न खोजेपछि नेपाल र भारतका स्थानीयहरु बीच ढुङ्गा हानाहान भएको छ । भारतले महाकाली नदी नेपाल तर्फ डाइभर्ट गर्न खोज्दा महाकाली नगरपालिका – ४ को बाङ्गाबगर छेत्र बाढीको उच्च जोखिममा पर्ने भयकाले बाङ्गाबगर स्थानिय बासिन्दाले डाइभर्ट निर्माणको काम रोक्न माग गर्दै गरेका छन ।

 

तटबन्ध निर्माणका लागि नदी डाइभर्सन गर्ने र पछि नदिको डाइभर्सन हटाउने भनि दुई देशका प्रशासनिक अधिकारी बीच सहमति भएपनि भारतीय पक्षले भने सहमति कार्यान्वयनमा ल्याएको छैन ।

गत भदौ २४ गते महाकाली नदिमा आएको बढी ले बाङ्गाबगर छेत्र को बस्ती र तटबन्धमा ठूलो छति पुर्याएको थियो भने सो छेत्रमा अहिलेसम्म पनि तटबन्ध निर्माण तथा मर्मत हुन सकेको छैन ।

यसरी भारतीय पक्षले महाकाली नदिमा मनमानी गर्दा नेपाल र भारतका स्थानीयहरु बिच समय समयमा भनाभन र ढुङ्गा हानाहान हुने गरेपनि नेपाल सरकार भने यतीबेला सम्म मौन बसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित