गेटामा मेडिकल विश्वविद्यालय! अचम्म छ’– बलायर

13
VIEWS

धनगढीः

प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्न नसकिने बताएका छन्। सोमवार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद बलायरले मेडिकल विश्वविद्यालय सञ्चालन गर्ने कुरा अचम्म लाग्दो भएको बताए।

’ननटेक्निकल युनिभर्सिटी सञ्चालन गर्नलाई धौंधौं परिरहेको बेलामा किन फेरी सुदूरपश्चिमका जनतामाथि अन्याय भयो,’ बलायरले भनेका छन्, ’मेडिकल विश्वविद्यालय खोल्ने? वडा अचम्म लाग्दो छ! मेडिकल विश्वविश्वद्यालय खोलेर चलाउने के नेपालको अहिलेर् सामर्थ्य छ? त्यसैले मेडिकल कलेज सञ्चालन गर्नुपर्छ।’

प्रदेशको राजधानी निर्माण गर्न वन क्षेत्रको भक्षगाधिकार प्रदेश सरकारलाई दिन माग गरेका बलायरले विश्वविद्यालय सञ्चालन गर्न नसकिने धारणा राखेका छन ्। प्रदेश सरकारको राजधानी गेटामा निर्माण गर्न सकिने तर बनिसकेको भौतिक संरचनामा मेडिकल विश्विवद्यालय भने चलाउन सामर्थ्य नभएको जिकिर बलायरले गरेका छन्।

बलायरको अभिव्यक्ति सार्वजनिक भएसँगै नेकपा एमालेका नेता चुडामणि भट्टले मन्त्रिपरिषद्बाट निर्णय भएको र भौतिक संरचना निर्माण भएर सञ्चालनको व्यग्र प्रतिक्षामा रहेको गेटा मेडिकल विश्वविद्यालय सञ्चलनका लागि पहल गर्नुपर्ने व्यक्तिको गलत अभिव्यक्ति आएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा भट्टले विश्वविद्यालय सञ्चालन हुने क्षेत्रकै सांसदले विश्वविद्यालय विरुद्ध दिएको अभिव्यक्तिले ध्यानाकर्षण भएको लेखेका छन्।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार