सरकारी साधनमा बोका बोक्दै दुरुपयोग भएको अवस्थामा भीमदत्तमा छोपिए बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष नाथ

2.6k
VIEWS

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकाकी उपप्रमुख शान्ती नाथले सरकारी गाडीको दुरुपयोग गरेको अवस्थामा भीमदत्तमा छोपिएकी छिन् ।

मंगलबार अफिस टाइम पछि विभिन्न कामको बहान बनाई सरकारी गाडीमा खसी बोका भिरेर घर देखि भीमदत्त नगरपालिकामा पर्ने कल्पठे मन्दिर तीर सानले हुइकि रहेका बेला भीमदत्तका स्थानीय र साझा आवजको टोलीले महेन्द्रनगरमा फेला पारेको थिए ।

साझा आवाजका पत्रकार केशव भट्टले सरकारी गाडीको दुरुपयोग भएको पाएपछि उपाध्यक्ष नाथले आलटाल गर्दै कर्मचारीलाई महेन्द्रनगर पुर्याउन आएको र संयोगकले यसै गाडीमा बोका ल्याएको पत्रकार भट्ट सामु स्वीकार गरिन ।

केहि देर भीमदत्तका स्थानीय र पत्रकारको टोली संग बाझिन खोजेकी नाथ एकैछिमा गाडीको दुरुपयोग भएको महसुस गर्दै ब्रहमदेब सडक खण्डको जिरो पोइन्टबाट गाडी फिर्ता गरे । तर गाडी दैजी रोकिराखे दैजी रोकिएको सरकारी गाडीले फेरी बोका ल्याएर रातीनै घर फर्केको श्रोतले बताएको छ ।

बेलडाँडी गाउँपालिकाले १५ सैया अस्पताल निर्माणका क्रममा बेलडाँडी गाउँपालिकाको जेसीभीमा ढुङ्गा प्रहार भएको घटनाको छानविन भइ दोषी उप्पर कार्वाही नहुदै फेरी सरकारी साधनको दुरुपयोभएको देख्दा स्थानीय हैरान भएका छन् ।

देश आर्थिक मन्दिले टाटपल्टने अवस्था भएका बेला सरकारी श्रोतसाधनको दुरुपयोगले स्थानीय हैरान भएका छन् । यस्ता दुरुपयोग गर्नेलाई कानुन बमोजिम कार्वाही हुनुपर्ने स्थानीयको माग छ ।

http://sajhaawaj.com/news-details/624/2023-05-20

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार