पछाडी बाटगोली हानी एकजना को हत्या

6
VIEWS

देवाही गोनाही नगरपालिका– १ करुनियामा एक ज्येष्ठ नागरिकको गोली हानी हत्या गरिएको छ।

 

पछाडिबाट गोली हानी ७० वर्षीय शेख तैयबको हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

बुधबार राति १२ बजेसम्म घरमै रहेका ७० वर्षीय शेख कसरी बाहिर गए वा कसले उनलाई गोली हानेर हत्या गरेकोबारे यकिन हुन सकेको छैन। तैयबको शव घरबाट करिब एक किलोमिटर टाढा भेटीयको प्रहरीले जनाएको छ।

उनको शव प्रादेशिक अस्पताल गौरमा शव परीक्षण गरे पश्चात परिवारको जिम्मा लगाइएको तथा यस घटनाबारे अनुसन्धान सुरु गरिएको र परीक्षणको रिपोर्ट आएपछि यसबारे थप जानकारी प्राप्त हुने प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए।

 

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार