महेन्द्रनगर,
नेपाली काँग्रेस बैतडीका नेता तथा नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय सदस्यको आपत्तिजनक भिडिओ बाहिरिएको छ ।
बैतडीको मेलौली स्थायी घर भएका नेपाली काँग्रेसको संसदीय दलका प्रमुख सचेतक समेत रहेका नेता रमेश लेखकका स्वकीय सचिव जनक भट्ट र एक भारतीय युवतीको अश्लिल भिडिओ संवाद सार्वजनिक भएको हो ।
सो भिडिओ अहिले सामाजिक संजाल फेसबुक र ह्वाट्सएपका ग्रुपहरुमा भाइरल बनिरहेको छ । सो भिडिओमा भट्टले आपत्तिजनक क्रियाकलापहरु गरिरहेको र युवतीले पनि सोही क्रियाकलाप गरिरहेको देखिन्छ तर त्यो भिडियोको फारेन्सिक जाँच नगरी उनिमाथी लगाईएको आरोपको पुष्टी हुने देखिदैन । २ मिनेट २५ सेकेन्डको उक्त भिडिओ भारतीय हनिट्र्याप समूहको चंगुलमा फसेर बनेको देखिएको छ ।
सो भिडिओबारे भट्टले भिडिओ आफ्नै भएको तर यसमा भिडियो जोडेर अतिरञ्जीत पारिएको बताएका छन् । उनले भने, ‘२/३ वर्ष पुरानो कुरा हो त्यसमा जोडेर थप बनाएको रहेछ ।’ उनको दाबी छ ।
उनले पुरानोभिडिओ अहिले भाइरल भइरहेको पनि बताए । उनले भने, ‘एकदिन एउटा इण्डियन नम्बरबाट मलाई ह्वाट्सएपमा फोन आएको थियो, मैले त्यो कल स्वीकार गरे, त्यसपछि आपत्तिजनक दृश्य देखेपछि मैलें फोन काटिदिए तर पछि विभिन्न इडिट गरेर मेरो भिडिओ बनाएर तपाई ५० हजार दिनुस् नत्र भाइरल गर्दिन्छु भनेर धम्की आयो तर रकम नदिएपछि अहिले त्यो भिडिओ भाइरल गरिदैछ ।’
पछिल्लो समय नेपालका उच्च पदस्थ कर्मचारी तथा व्यापारीहरु समेत हनिट्र्यापमा पर्दै आएका छन् । यस बिषयमा भट्टले एक बिज्ञप्ति समेत जारी गरेका छन् ।
बिज्ञप्तिको पुर्णपाठ ःप्रेस बिज्ञप्ति
अहिले विभिन्न सामाजिक संजाल र त्यसैलाई आधार मानि केही संचार माध्यमले मेरो चरित्र हत्या हुने गरि बनाइएको भिडियो र समाचार प्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
३ बर्ष अघि एउटा अपरिचित भारतिय अपरिचित ह्वाट्स एपबाट फोन आएको र कसको हो भनी उठाउदा एउटा भरतिय महिलाले सामान्य कुरा गर्ना साथ उताबाट अश्लिल दृश्य देखाउना साथ मैले फोन काटे र तत्पश्चात कुरा गरेको अनुहारको भिडियोमा मेरो चरित्र हत्या हुने खालको भिडियो जोडि अहिले मेरो चरित्र हत्या गरिएको प्रती आपत्ति प्रकट गर्दछु ।
ती भारतिय महिलाले मलाई ५० हजार मागेको नत्र “तुमारा भिडियो ईडिट करके भाईरल कर्दुगा“ भनेर पैसाको बार्गेनिङ गरको र मैले पैसा नदिएपछि अहिले आएर फेस पछिको अश्लिल तस्विर जोडि मेरो सामाजिक सञ्जालमा राखिएकाले सो अश्लिल भिडियोमा कुनै पनि सत्यता नरहेको र भ्रममा नपर्न सम्पुर्ण साथीभाई इस्टमित्रहरु , शुभचिन्तक तथा संचारकर्मी मित्रहरुमा अनुरोध गर्दछु।साथै सो बारेमा कानुनि प्रकृयामा समेत अघि बढेको यहाँहरूलाई अवगत गराउदछु ।
Discussion about this post