कैलाली,
कैलालीमा एक जना नेताले अर्काकी श्रीमती लगेर फरार भएका छन् । कैलालीको धनगढी उपमहानगरापालीका–२ बैयाबेहडीका दीपकराज खैर चार छोराछोरीसहित श्रीमतीलाई छोडेर अर्कैकी श्रीमती लगेर फरार भएका हुन ।
२०७९ मंसिरमा भएको चुनावमा नेपाली कांग्रेश (विपी) बाट कैलाली क्षेत्र नम्बर ५ को (२) बाट उम्मेदवार भएका खैरले दैलेख निवासी विवाहित महिला गङ्गा क्षेत्रीलाई भगाएर भारतको बैंगलोर गएका हुन् । श्रीमानले अर्कैकी श्रीमती भगाएर लगेपछि आफूसहित चार सन्तानको बिचल्ली भएको गुनासो गरेकी छिन् ।
उनकी श्रीमती जानकी खैरले कैलाली जिल्ला अदालतमा श्रीमान विरुद्ध बहुविवाहको मुद्दा दायर गरेकी छिन् । दैलेख घर भएकी गङ्गा क्षेत्री दुई सन्तान छोडेर खैरसँग भागेको जानकी खैरले बताइन् । जिल्ला प्रहरी कार्यालय कैलालीमा खैर विरुद्ध यसअघि पनि मुद्दा परेको बताइएको छ ।
Discussion about this post