बेलडाँडीमा एक महिला मृत फेला

2.1k
VIEWS

बेलडाँडी,
कञ्चनपुरको बेलडाँडीमा एक महिला उखुवारीमा मृत अवस्थामा भेटिएकी छन् ।

प्रहरी अनुसार बेलडाँडी गाउँपालिका–४ बैवाह गड्डा टोलकी ४५ की दुर्गा थापा मृत भेटिएकी हुन । उनी बिहीबार दिउँसो घाँस काट्न भनेर घरबाट निस्किएकी थिइन् ।
राती अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा उखुबारीमा शव भेटिएको बेलडाँडी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनुरका अनुसार उखुबारीमा लडेको अवस्थामा शव फेला परेको बताए । घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाए । अहिले शवको पोष्टमार्टम बेलौरीमा भइरहेको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार