जुम्लामा किसानलाई रोपाइँको चटारो, मार्सी चामलको माग बढ्दै गएपछि खेतीमा आकर्षण

32
VIEWS

जुम्ला,
जुम्लाका किसानलाई अहिले मार्सी धान रोप्न भ्याइनभ्याइ छ । उनीहरु बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुने गरेका छन् । जेठको पहिलो हप्तादेखि असारको दोस्रो हप्तासम्म जिल्लाभर धान रोपाइँ हुने गर्छ ।

 

पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान मार्सी धान रोपाइँप्रति आकर्षित हुन थालेका छन् । जुम्लामा उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि मार्सी धान खेती बर्सेनि बढेको जुम्ला कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लाका सात गाउँपालिका, एक नगरपालिकाको सिञ्जा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्रयाङकोट र विश्वकै उच्च ठाउँमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा पनि स्थानीय कालीमार्सी र रातो मार्सी धानको रोपाइँ धमाधम भइरहेको छ ।

जुम्लामा २ हजार ८ सय ५० हेक्टरमा धानखेती हुने गरेको छ । त्यसमध्ये १ हजार २ सय हेक्टरमा मार्सी धानको खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । मार्सी धान संरक्षण गर्नका लागि पालिकाहरुले आउने वर्षको नीति तथा कार्यक्रमबाट बजेटको थप व्यवस्थापन गर्नुपर्ने त्यहाँका किसानहरुको भनाई छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार