प्रधानमन्त्री प्रचण्डले भने–नेपालमै प्रचुल सम्भावना भएपनि बिदेशी संग भिख माग्दै छौँ

3
VIEWS

काठमाडौँ :

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलालाई काठमाडौँमा सम्बोधन गर्दै प्रचण्डले देशमै प्रचुर सम्भावना भएपनि विदेशीसँग भिख माग्नु दुःखद भएको बताएका छन । ।

‘नेपाल प्रकृति स्रोत र साधनका दृष्टिकोणले र्हेदा गरिब भने विल्कुल छैन । प्रकृतिले दिएको कुरा भन्ने हो भने तराई मधेसदेखि पहाड, हिमालसम्म विविधता त्यसको उत्पादकत्व र स्रोतहरूको दृष्टिकोणले धेरै धनी छौँ । तपाईँहरूले सुन्नु भएको होला विदेशका कयौँ बौद्धिक अर्थशास्त्रीहरूले नेपाल सुनको कचौरा लिएर भिख मागेर हिँडेको छ भन्ने गर्छन् । नेपाल आफैमा सुनको कचौरा जस्तो छ ’ प्रचण्डले भने, ‘हामी धुनियाभरि रोजी रोटीको निम्ति जान बाध्य छौँ । सरकार दुनियाँभर आर्थिक सहयोगको भिख माग्ने अवस्था छ ।

यो एउटा विडम्बना हो । नेपाल र नेपालीका निम्ति दुर्भाग्यको कुरा हो ।’ देशमा प्रसस्त मात्रामा उर्वर जमिन, हरियो जङ्गल र हिमालबाट पर्यटनको प्रचुर सम्भावना रहेको प्रचण्डले बताएका छन । कृषिबाट उत्पादन वृद्धि गरेर निर्यातमुखी अर्थतन्त्र बनाउन सकिने उनको भनाई छ ।

‘हामी यस्तो किन भयौँ आजको प्रश्न वा गहिरो गरी घोत्लिनु पर्ने यही निर छ । हाम्रो इतिहास र विरासत यस्तो होइन’ प्रचण्डले भने, ‘अरू ठुला देशहरू वैदेशिक हस्तक्षेपको बुटमुनी कुल्चिदा हामी स्वतन्त्र भएको इतिहास छ । वीरता र बलिदानको दृष्टिकोणले हेर्ने हो भने नेपालीहरू ले विश्वभर ख्याति कमाएका छौँ। नेपालीहरू बहादुरी र वीरतामा कहीलेपनी न डराउने जाति समेत भएपनि आर्थिक दृष्टिकोणले पछि परेको प्रचण्डले बताएका छन ।

 

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार