नेपालमा  मनसुन भित्रिन अझै केही दिन लाग्ने

काठमाडौँ :

 

यस वर्ष मनसुन भित्रिन अझै केही दिन लाग्ने भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सोमबार साँझ दिएको जानकारी अनुसार नेपालमा वर्षाको आगमन औसत मिति
जुन १३ तारिख भन्दा एक–दुई दिन ढिलो भित्रिने भएको छ ।

महाशाखाले यस वर्षको मनसुन प्रणाली भारतको उत्तर पूर्वी भू(भाग, बङ्गलादेश र भुटानसम्म आइपुगेको जनाएको छ । नेपाल मा भने मनसुन भित्रनको लागि अझै केही दिन लाग्ने महाशाखाले बताएको हो ।

केही दिनदेखि देशका मध्य तथा पश्चिमी भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको भन्दै महाशाखाले अझै चार दिन लूको सम्भावना रहेको जानकारी दिईएको छ । महाशाखाका अनुसार काठमाडौँ उपत्यकालगायत अन्य उपत्यकाहरूमा पनि तापक्रममा वृद्धि भइरहेको छ । देशका मध्य तथा पश्चिम तराईका भू–भागमा लगातार अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाले गरेको विश्लेषणअनुसार सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेको छ । साथै बागमती प्रदेशको तराईका भू–भाग र मधेस प्रदेशको पश्चिमी भू–भागमा थोरै तापक्रम घटे पनि अत्यधिक गर्मीको सम्भावना यथावत् रहने देखिएको छ ।

महाशाखाले आगामी चार दिन
जेठ ३० देखि असार १ गते
सम्म तातो हावा तथा लूको सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित