शान्ति पुनर्स्थापना गृहद्धारा मानब बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि बेलडाँडीमा होडिङ बोर्ड

बेलडाँडी,
शान्ति पुनर्स्थापना गृहद्धारा मानब बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि बेलडाँडीमा होडिङ बोर्ड राखिएको छ ।

 

गृहले आज एक कार्यक्रमको आयोजना गर्दै मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि होडिङबोर्ड मार्फत जनचेतना फैलाउनका लागि गाउँपालिका अगाडी सचेतना बोर्ड राखेको बेलडाँडी सम्पर्क कार्यालयकी परामर्शदाता जमुना सिंहले जानकारी गराउनु भयो ।

उहाँका अनुसार शान्ति पुनर्स्थापना गृहले विगतका बर्षहरुमा कञ्चनपुरका सिमा क्षेत्रमा मानव बेचविखन तथा ओसारपसरा विरुद्ध विभिन्न कार्य गर्दै आएको र बेलडाँडीमा समेत १ बर्ष यता देखि स्थानीय तह र इलाका प्रहरी कार्यालयसंगको सहयकार्यमा मानव बेचविखन जस्ता जघन्य अपराध निर्मूल पार्ने कार्य गर्दै आएको बताए । उक्त बोर्डमा विभिन्न जनचेतना मूलक सन्देशहरु राखिएको छ ।

यस संस्थाको इतिहासलाई हेर्दा मानव बेचबिखनमा परी विभिन्न खाले जोखिममा रहेका महिला तथा बालिकाहरुको उद्धार, परामर्श, सहयोग तथा पुनर्स्थापना कार्य गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित