पहिरोमा पुरिएकी बालिकालाई ६ घन्टा पछि जीवितै इद्धार गरीयो

8
VIEWS

 

पाँचथरको फालेलुङ गाउँपालिका(३ मा पहिरोले पुरेर बेपत्ता भएकी ८ वर्षीय बालिकाको ६ घन्टा पछि सकुशल उद्धार गरिएको हो ।

गएराति हजुरबुबा सँगै सुतेकी जुना घरमाथिबाट खसेको पहिरोमा परी बेपत्ता भएकी हुन ।

उनलाई आज बिहान स्थानीयले घाइते अवस्थामा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पाँचथर पुर्‍याएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी गराएको छ।

 

पहिरो आउँदा हजुर बुबा मनप्रसाद भने घरबाहिर थिए।

‘म पिसाब गर्न घरबाहिर निस्केको थिएँ । घरमाथि बाट त्यहिबेला पहिरो आएर म संगै सुतेकी नातिनी मेरो घर पुर्‍यो,’ मनप्रसादको भनाइ उदृध गर्दै एक प्रहरीले भने।

 

 

फालेलुङमा गएराती अविरल वर्षासङै आएको बाढिपहिरोले हिवाखोलामा अवस्थित मोटरेबल २ वटा पुल, झोर्लुङ्गे पुल १ र २ वटा जेविवी बगाइसकेको छ।फालेलुङ ७ देखि फालेलुङ ३ माछेबुङमा जोडिने घुमाउनेटारको निर्माणाधीन मोटरेबल पुल पनि बाढीले बगाएको छ । पुल बनाउन प्रयोग गरिएका दुइवटा जेसिवी समेत बगाएको प्रहरीले जनाएको छ ।

 

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार