संखुवासभाको बाढी पहिरो निरीक्षण गरी ताप्लेजुङका लागि उडेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार हेलिकप्टर विराटनगरमा आकस्मिक अवतरण भएको हो ।
मौसमको प्रतिकुलताका कारण प्रधानमन्त्री प्रचण्ड सवार हेलिकप्टर विराटनगरमा अवतरण गरेको उनका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दीएका छन ।
फेरि बाढी पहिरो पीडित रहेको ताप्लेजुङ र पाँचथर जाने वा नजाने भन्ने विषयमा अहिले निर्णय भइनसकेको उनले बताए ।
प्रधानमन्त्री ‘प्रचण्ड’ आज दिउँसो बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न संखुवासभा पुगेका हुन ।
Discussion about this post