सडक दुर्घटनामा घाईते भएका सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री सिंहको समेत निधन

61
VIEWS

धनगढी,
सवारी दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको समेत निधन भएको छ ।

 

बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचाररत उनको निधन भएको हो । मेडिकलमा उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै नेपाली कांग्रेस सुदूरपश्चिम सचेतक गीता चौधरीले मन्त्री सिंहको निधन भएको जानकारी दिइन् । उनका अनुसार मन्त्री सिंहको मंगलबार साँझ ५ बजेर ३३ मिनेटमा मृत्यु भएको हो ।

मंगलबार दिउँसो मन्त्री सवार सुदूरपश्चिम प्रदेश–०१–००१ झ ४८० नम्बरको जिप बझाङको केदारस्यु गाउँपालिका–१ नयाँ गाउँमा दुर्घटना भएको थियो । दुर्घटनापछि मन्त्री सिंहलाई उपचारका लागी बाँकेको कोहलपुर ल्याइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो ।

दुर्घटनामा परेकी मन्त्री पत्नी अमृता सिंह र मन्त्रीका नातेदार जयादेवी सिंहको घटनास्थलमा नै मृत्यु भएको थियो । जिप चालक ३५ वर्षीय धर्मराज जोशी र मन्त्रीको निजी सुरक्षा अधिकृत (पिएसओ)को नेपालगन्ज मेडिकल कलेजमा उपचार हुँदै छ । उनीहरुको अवस्था स्थिर छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार