बेलाैरीमा हिजो मदिराजन्य पदार्थका प्रचारप्रसार सामग्री होडिङ्ग बोर्ड हटाइयो

14
VIEWS

बेलाैरी,
सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहत रहेको प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रले मदिराजन्य पदार्थका प्रचार सामग्री होडिङ्ग बोर्डहरू हटाइरहेको छ ।

जनस्वास्थ्य ऐन र विज्ञापन ऐनको उल्लङ्घन हुने गरी होटेल तथा मदिरा व्यवसायीहरूले प्रष्टसँग देखिने स्थानमा राखेका प्रचार सामग्रीहरू हटाउने अभियान थालिएको र यो क्रम निरन्तर जारी रहने प्रादेशिक स्वास्थ्य पर्वद्धन केन्द्र कञ्चनपुरले जनाएको छ ।

 

प्रादेशिक स्वास्थ्य पर्वद्धन केन्द्र कञ्चनपुरका प्रमुख हेमराज खड्काका अनुसार सुर्तीजन्य तथा मदिराजन्य पदार्थको प्रचारका लागि राखिएका सामग्री तथा बोर्डले युवा वर्गलाई कुलत तर्फ थप उत्प्रेरित गर्ने भएकोले त्यस्ता प्रचार सामग्रीहरू हटाउने अभियान प्रदेशभर सञ्चालन गरिएको जनाए ।

हिजो बुधबार बेलाैरीका ३० भन्दा बढी होटेल तथा मदिरा पसलहरूमा लगाएका होडिङ्ग बोर्ड प्रादेशिक स्वास्थ्य पर्वद्धन केन्द्र कञ्चनपुरका सूचना प्रविधि अधिकृत लाल प्रसाद न्यौपानेको नेतृत्वमा स्थानीय जनप्रतिनिधि, बेलौरी उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, सुरक्षाकर्मीहरू र सञ्चारकर्मीको सहभागितामा राखिएका होडिङ्ग बोर्ड र सांकेतिक मदिरा जन्य नामहरू हटाइएको छ ।

अबका दिनमा त्यस्ता प्रचार सामग्रीहरू पुनः देखिए सुर्तीजन्य तथा मदिरा नियन्त्रण सम्बन्धी ऐन २०६८ को दफा १० र ११ तथा प्रदेश जनस्वास्थ्य ऐन २०७६ को दफा ६२ र ६३ बमोजिम १ लाख रुपैयाँ जरिवाना वा ३ महिना कैद सजाय वा दुवै सजायको भागिदार हुनुपर्ने बताइएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार