कैलाली:
भातरबाट अवैध रुपमा सामान भित्र्ने क्रम दिनप्रतिदिन बढेसंगै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले निगरानी बढाएकोछ। कुनै पनि भन्सार छलीका सामान कुनै पनि स्थानबाट भित्र्न नदिन सुदूरपश्चिम प्रहरी एक्सनमा उत्रिएको हो।
भारतसँग सीमा जोडिका कैलाली र कञ्चनपुरमा सबै क्षेत्रमा प्रहरीले निगरानी बढाएको हाे ।प्रहरीले विगत एक महिनादेखि भन्सार छलीका सामान बरामद गर्ने कार्यलाई तीव्रता दिइरहेको छ। सुदूरपश्चिममा लागुऔषध विरुद्ध महाअभियान चलाइरहेको प्रदेश प्रहरी कार्यालयले सँगसँगै भन्सार छलीका सामान बरामद गर्ने कार्यलाई पनि जोड दिइरहेको छ।
भन्सार छलीका सबैभन्दा बढी कैलाली र त्यसपछि कञ्चनपुरमा सामान बरामद भइरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जानबारि दिईएकाे ।पारी (भारत)बाट भन्सार छलीका सामान ल्याउने गरेका व्यक्ति समेत सामान समेत पक्राउ पर्ने गरेका छन्। यस कार्यमा प्रहरीको सक्रियता बढेपछि भन्सार राजस्वमा समेत वृद्धि हुँदै गएको छ।
प्रहरीले कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट दैनिक एकपछि अर्को भन्सार छलीका सामान बरामद गर्न थाले संगै भन्सार कार्यालय कैलाली र भन्सार कार्यालय गड्डाचौकी बरामद गरिएका अबैध सामानलेनैे भरिभराउ भएकाे छन्।






















Discussion about this post