वर्षासँगै आएको पहिरोका कारण सुदूर पहाडका अधिकांश सडक अवरुद्ध बनेका छन्। प्रहरीले दिएको जानकारी अनुसार दार्चुला, शैल्यशिखर नगरपालिका–६ पनेबांज र मालिकार्जुन गाउँपालिका–३ तेर्छालेकस्थित गोकुलेश्वर–दार्चुला हाईवे सडक खण्डमा शुक्रबार बिहान आएको बर्षाका कारण पहिरो जाँदा सडक अवरोध जानकारी आएको छ।
त्यस्तै अछामको बान्निगढी जयगढ गाउँपालिका–४, कचरेटी खोला–मंगलसेन–साँफे सडकखण्ड, दार्चुलाको शैल्यशिखर नगरपालिका–६, पनेबाँज र मालिकार्जुन गाउँपालिका–४ तेर्छालेक, गोकुलेश्वर–दार्चुला हाइवे सडकखण्ड, बैतडीको सुर्नया गाउँपालिका–८ आलुगैरा, जयपृथ्वी राजमार्गमा खोडपे–बझाङ सडकखण्ड अवरुद्ध भएका छन ।मनसुन र भारी वर्षाका कारण विभिन्न स्थानहरूमा पहिरोले गर्दा सडक अवरुद्ध रहेको र प्रहरी परिचालन भई बाटो खुलाउने प्रयास भइरहेको छ।
वर्षाका कारण पहिरो जाँदा सडक अबरुद्ध भएकाले खुलाउने प्रयास गरीरहेको प्रहरीले जानकारी दीईएका छन । पहिरोका कारण लामो तथा छोटो दुरीका यातायात सेवा अवरुद्धप्र भएका छन।पहिरो पन्छ्याएर सडक खुलाउने काम भइरहेको प्रदेश प्रहरी कार्यालयले बताएको छ। भारी वर्षा र पहिरोले सुदूर पहाडका विभिन्न सडक खण्ड अवरुद्ध भएका छन्। अवरुद्ध क्षेत्रमा बाटो खुलाउने प्रयास जारी भए पनि पहिरोको जोखिम कायमै छ।
Discussion about this post