लक्ष्मी मावि बागफाँटामा गणित विज्ञान प्रर्दशनी

39
VIEWS

कञ्चनपुर,
कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको एक सामुदायिक विद्यालयले गणित÷विज्ञान प्रर्दशनी प्रतियोगिता गरेको छ ।

भीमदत्त नगरपालिका १९ बागफाँटामा रहेको लक्ष्मी माध्यामिक विद्यालयले माध्यामिक तह पालिका स्तरिय गणित÷विज्ञान प्रर्दशनी प्रतियोगिता गरेको हो । समाजिक विकास मन्त्रालय अन्र्तरगत शिक्षा विकास निर्देशनालय दिपायल डोटीको आर्थिक सहयोगमा शुक्रबार एक कार्यक्रमका विच विद्यालयले गणित विज्ञान प्रर्दशनी गरेको जनाएको छ ।

लक्ष्मी माध्यामिक विद्यालयका प्रद्यानाध्यापक प्रमानन्द नाथले विद्यार्थीको आन्तरिक क्षमता विस्तारका साथै अन्तर विद्यालयका विद्यार्थीले सिकेका विषयबस्तु आदानप्रदानका लागि गणित विज्ञान प्रर्दशनी गरेको बताए ।

उक्त प्रतियोगितामा सामुदायिक तथा निजी गरेर १२ विद्यालय सहभागि भएका थिए । विज्ञान, गणित प्रर्दशनीमा आयोजक विद्यालय लक्ष्मी माविका विद्यार्थी टिम नै प्रथम भएका छन । द्वितिय महेन्द्रगर मावि, तृतिय महेश्वर मावि र शान्ति निकेतन माविले सान्तवना पाएका छन ।

प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने विद्यालय टिमलाई नगद ५, ४,३ र २ हजार नगदका साथै पुरस्कार प्रदान गरिएको छ ।
समाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख धर्मराज जोशी, सुप विश्वविद्यालय समान्य विज्ञान संकाय प्रमुख कृष्ण प्रशाद पन्त, सिद्धनाथ विज्ञान क्याम्पसका उपप्राध्यापक महादेव अवस्थी निर्णायक थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ भण्डारीको अध्यक्षतामा भएको कार्यक्तममा सुप प्रदेश सरकारका निर्वतमान आर्थिक मामिलामन्त्री एव प्रदेश सभा सदस्य प्रकास रावलको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो ।

कार्यक्तममा भीनपा १९का वडाध्यक्ष जगुराम चौधरी, कार्यपालिका सदस्य बसन्ती जोशी सहितका शिक्षासंग सम्बन्धीत प्रतिनिधीको सहभागिता रहेको थियो । सहायक प्रअ प्रेमप्रकास जोशीले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका सुप प्रदेश सरकारका निर्वतमान आर्थिक मामिलामन्त्री एव प्रदेश सभा सदस्य प्रकास रावलले विद्यालयले गरिरहेको शैक्षिक प्रयास सरानिय भएको बताएका छन । यसैविच नवनिर्मित दुई कोठे विद्यालय भवनको समेत उद्घाटन गरिएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार