कैलाली:
जिल्ला कारागार कैलालीबाट धनगढी उपमहानगरपालिका–२ की ५० वर्षीया कमलादेवी अवस्थी पक्राउ परेकी छिन उनलाई विस्कुटभित्र लागुऔषध लगेको अभियोगमा पक्राउ गरिएको छ । लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका छोरा ओमप्रकाश अवस्थीलाई दिन ५ ग्राम ४० मिलिग्राम लागुऔषध लगेर अवस्थी कारागारमा छोरा भेट्न गएकी थिइन्।
कमलादेवीको बुहारी तथा ओमप्रकाशकी श्रीमती समेत जिल्ला प्रहरी कार्यालयको हिरासतमा छिन्। उनलाई पनि लागुऔषधकै अभियोगमा अनुसन्धान भइरहेको छ।सुदूरपश्चिममा लागुऔषध सेवन र ओसारपसारमा सिङ्गो परिवार नै संलग्न हुन थालेको यो प्रतिनिधि घटना हो। भारततर्फ सीमावर्ती क्षेत्रका लागुऔषधका डिलरहरूले नेपाली प्रयोगकर्ता मार्फत नेपालीमा लागुऔषधको सञ्जाल विस्तार गरेका छन्।
प्रयोगकर्ता मार्फत दैनिक ठुलो परिमाणमा लागुऔषध कैलाली र कञ्चनपुरमा भित्रिने गरेको ११ वर्षसम्म दुव्र्यसनीमा फसेका तर अहिले सामान्य जीवन निर्वाह गरिरहेका टिकापुरका कल्पेश कुँवरले बताए का छन ।‘कैलाली र कञ्चनपुरमा भारतबाट दीनहु लागुऔषध भित्रिने गरेको पाईएको छ । ब्राउन सुगर अर्थात् खैरोहिरोइन भारतबाटै आउँछ,’ उनले भने, ‘प्रयोगकर्ताले जति किनेर ल्याउँछ त्यसको आधा यता बिक्री गरेर अर्को दिन किनेर खाने पैसा जम्मा गर्छ।
प्रयोगकर्ताले नै खानेहरुको सञ्जाल बढाउन मद्दत गरेका छन ।’ धनगढीकी कमलादेवीले अपरिचित भारतीय नागरिक घरमा आएर लागुऔषध कारागारमा पुगाउन भनेको प्रहरीलाई बयान दिएकी छिन
Discussion about this post