धनगढीमा फोहोर बोक्ने गाडीमा जिपीएस जडान

कैलाली:

धनगढी उप–महानगरपालिकाले फोहोर बोक्ने गाडीमा जिपीएस जडान गरेको छ। धनगढी उपमहानगरपालिकाले फोहोर बोक्ने दुईवटा गाडीमा जिपीएस जडान गरेको छ । फोहोर बोक्ने गाडी रहेको क्षेत्र पत्ता लगाउन जिपीएस जडान गरिएको उपमहानगरपालिकाले जानकारी दीईएको छ।धनगढी उपमहानगरपालिकाका फोहोरमैला व्यवस्थापन तथा सरसफाई शाखा प्रमुख अशोक अवस्थीले से २ च ३७१० र से १ त ७३९४ नम्बरका ट्याक्टरमा जिपीएस जडान गरिएको जनाएका छन ।

 

पहिला उपमहानगरपालिकाले मात्र गाडी रहेको क्षेत्र हेर्न सक्ने भए पनि अहिले नागरिकले समेत हेर्न पाउने अवस्थीले बताए।धनगढी उप–महानगरपालिकाले नगरमा फोहोर बोक्ने गाडीमा जीपीएस जडान गरेको धनगढी उप–महानगरपालिकाका नगरप्रमुख गोपाल हमालले बताए। उनका अनुसार उपमहानगरपालिकाको तर्फबाट दुईओटा ट्राक्टरमा जीपीएस जडान गरिएको छ। फोहरमैला संकलनलाई थप प्रभावकारी बनाउन ‘समाजका लागि युवा’ संस्थासँगको सहकार्यमा उपमहानगरपालिकाले लुना जीपीएसको यो सेवा प्रयोगमा ल्याएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित