कास्कीमा इन्सपेक्टरले महिला प्रहरीलाई फिगरको फ्यान हुँ भन्दै फोटो पठाउन भनेपछि…

202
VIEWS

कास्की,
जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत एक प्रहरी निरीक्षकले महिला प्रहरीलाई पठाएको म्यासेजले माहोल तातेको छ ।

प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुवास तिमिल्सिनाको फेसबुक म्यासेन्जरबाट फिगरको फ्यान हुँ फोटो पठाउँन भन्ने म्यासेजले तनाव बनाएको छ ।
उनले एक महिला प्रहरीलाई गरेको म्यासेजका कारण अहिले छानविनको दायरामा तानिएका हुन्। उनले महिला प्रहरीलाई फिगरको फ्यान हुँ भन्दै फोटो पठाउन गरेको म्यासेजका कारण विवादमा तानिएका हुन्।

सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीले छानविनका लागि डिएसपी प्रकाश दाहालको संयोजकत्वमा समिति बनाइएको छ। इन्सपेक्टर तिमिल्सिनाले पठाएको म्यासेज ट्विटरमार्फत सार्वजनिक गर्दै उनले सुरक्षा सेवकबाट नै महिला असुरक्षित रहेको उल्लेख गरेकी थिइन्।

तिमिल्सिनाले भने आफ्नो अकाउण्ट ह्याक भएको दाबी गरेका छन्। यस विषयमा छानविन हुने कास्की प्रहरीले जनाएको छ।


घटना सार्वजनिक भए लगतै तिमिल्सिनाले कास्कीका प्रहरी प्रमुख समक्ष निवेदन दिएका छन्। उनले आफ्नो अकाउण्ट ह्याक भएको दाबी गरेका छन्। उनले आफैं छानविन गरेर कारबाही गर्न माग गर्दै निवेदन दिएको कास्की प्रहरी प्रमुख एसपी अजय केसीले बताए।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार